शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४१० जना लाभान्वित
माघ २१, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ माघ २१ - 
सिरहाको लहान १७ देवीदहको प्रांगणमा निशुल्क स्वस्थ शिविर सम्पन्न भएको छ।अर्किड मेडिकल फाउनडेशन जनकपुरको आयोजना र लहान ७ मा अवस्थित ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टरको सहकार्यमा आयोजित उक्त निशुल्क स्वास्थ्य सिविरमा ४ सय १० जनाले निशुल्क चेकजाच गराउनुका साथै निशुल्क औषधि समेत पाएका छन्। शिविरमा हाडजोर्नी तथा नशा रोग ,नाक ,कान , घाटी सम्वन्धि रोग , छाला तथा योन रोगका विरामीहरुलाई निशुल्क चेकजाचका साथै औषधि समेत वितरण गरिएको छ। शिविरमा  हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर ओम प्रकाश चौधरी , जेनरल फिजिसियन अरविन्द साह , नाक,कान , घाटी रोग विषेशज्ञ डाक्टर सन्दर्भ गिरि र छाला तथा योन रोग विषेशज्ञ प्रमोद कुमार दास लगायतको उपस्थिति रहेको थियो। शिविरमा फेला परेका जटिल किसिमका रोगिहरुलाई अन्य चेकजाचहरुमा २५ प्रतिशत छुट समेत गरिएको स्वस्थकर्मी राम बाबु सिंहले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.