शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लोप हुँदै गएको ईनारको पानी अझै खादै मलेकपुरबासीहरु
जेठ १२, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १२ जेठ ।  संरक्षण अभावमा दुई दशक अघिसम्म पिउने पानीको प्रमुख श्रोतको रुपमा रहेका अधिकांश ईनारहरु लोप हुँदै गएको अवस्थामा सप्तरीको साबिक मलेकपुर गाबिसका स्थानीयबासीहरु अझै ईनारको पानी खाईरहेका छन ।  बर्षौअघि सो गाबिसमा बयोवृद्धहरुले निर्माण गरेको ईनारको पानी अझै स्थानीयबासीहरु खाईरहेका हुन । वि.स.२०४० सालमा स्थानीय पन्ना लाल यादवले स्थापना गरेको ईनारको पानी त्यहाँका दर्जनौ परिवारका ब्यक्तिहरु अहिले पनि सो ईनारको दुर्गन्धित पानी खाईरहेका छन ।हाल सो गाबिसमा करिब चार वटा ईनार रहेको तथा स्थानीयबासीहरु बिहान र बेलुका सो ईनारकै पानी प्रयोग गर्दै आईरहेको स्थानीय रमेश यादवले बताएका छन ।

यता प्रत्येक गाउँमा सार्वजनिक पानीको श्रोतका रुपमा रहेका ईनार समेत मरम्मत सम्भार र सरसफाई नहुँदा लोप हुन थालेका हुन् । गाउँका बासिन्दादेखि बटुवा समेतको लागि पानी पिउन सहज होस भनि स्थानीय धार्मिक स्वभावका तथा आर्थिक रुपले सम्पन्न व्यकितहरुले आफ्नै लागतमा समेत ईनार निर्माण गर्ने पौराणिक परमपरा रहे पनि अहिले तिनको संरक्षण समेत हुन नसकेको सप्तरीको बरही बिरपुर ७ निवासी ८० वर्षिय बृद्ध रुन्दी लाल यादवको कथन रहेको छ । उनका अनुसार धार्मिक दृष्टिले समेत ईनार बनाउँदा पुण्यको भागी भईने मान्यता रहेको भए पनि अहिले त्यसको संरक्षण समेत हुन नसक्नु प्रति उनले खिन्नता व्यक्त गर्दैै किशोरावस्थादेखि पानी भरेको गाउँको ईनार अहिले अस्तित्वविहिन भईसकेको छ, यो देख्दा साह्रै दुःख लाग्छ ।

आफूले पीउनेदेखि लिएर लुगा धुन र गाईवस्तु समेतलाई खुवाउन त्यतिबेला ईनारकै सहारा रहेको स्मरण गर्दै रुन्दीले अगाडी थपे अचेल त घर घरमा ट्युवेल छन्, ईनारको मतलबै राख्न छाडिसके । ईनार निर्माण गरेपछि त्यसमा निर्माणकर्ताको नाम, कुन सालमा निर्माण गरिएको हो ? त्यसको मिति समेत स्पष्ट लेख्ने चलन रहेको भए पनि अहिले ती पुराना सार्वजनिक पानीका श्रोतहरु बिलिन हुँदै गएको रम्पुरा मल्हनिया ४ का ७५ वर्षिय बिन्देश्वर यादवले बताएका छन । अहिले ग्रामिण भेगमा ट्युवेलको प्रचलन बढ्दै गएका कारण पौराणिक एवम् परम्परागत ईनारका संरचनाहरु नष्ट हुँदै गएको उनको कथन छ । 

ईनारहरु प्रयोग विहिन बनेका कारण संरक्षण सम्वद्र्धनतर्फ कसैको ध्यान नपुगेकोले यस्तो दुरावस्था भएको उनले बताए । सयौंवर्ष पुराना ईनारहरुको उपयोगितामा कमी आए पछि पुरिदिने वा ऐतिहासिक संरचनाहरु नष्ट गरिदिने गरिएको छ यादव भन्छन् त्यतिबेला सिङ्गो गाउँ वस्तीका व्यक्तिहरुको एकमात्र पिउने पानीको श्रोतको रुपमा रहेका ईनारहरुमा नालाको पानी मिसाउनुका साथै फोहोर फाल्ने कन्टेनरको रुपमा प्रयोग गर्न थालिएको छ, हिन्दु धर्मावलम्वीहरुले जलदेवीको रुपमा समेत पुजा गरिने ईनारका संरचनाहरु नष्ट हुनु एकदमै दुःखद हो । वैवाहिक परिधानमा बाँधिनु अघि विधि कुमरम् र सुत्केरी महिलाहरुले शुद्ध हुनका लागि ईनारमै गएर पूजा गर्ने परम्परा अहिले पनि कायम रहँदै आएको छ । 

ऐतिहासिक चिनोको रुपमा रहेका ईनारहरु मासिनु वा नष्ट गर्नु इतिहासमाथिको प्रहार भएको सप्तरीको लालापटी निवासी समाजसेवि एवं ईन्जिनियर सुर्य नारायण यादवले बताए । मानव सभ्यताको धरोहरको रुपमा रहेका ऐतिहासिक संरचनाहरु संरक्षण सम्वद्र्धनका लागि स्थानीय जनसमुदायका साथै सम्वन्धित निकायको ध्यान केन्द्रित हुनु आवश्यक रहेको उनको कथन छ ।जिल्ला विकास समिति सप्तरीको तथ्याङ्क अनुसार तीन हजार एक सय चार परिवारको पिउने पानीको मुख्य श्रोत ईनार नै रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.