शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ मा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न , २२८
असाड ३१, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार  ३० - 
सिरहा जिल्लाको लहान नगरपालिका वडा न . ५ मा महिला तथा बालरोग , मुटु , प्रेशर र मधुमेह रोग सम्बन्धि एक दिने नि:शुल्क स्वास्थ्य शिविर सनिबार सम्पन्न भएको छ। ५ नम्बर वडा कार्यलयको आयोजना तथा लहान नगरपालिकाको सहयोगमा आयोजित उक्त नि :शुल्क शिविरमा वडा नम्बर ५ का २२८ जना वडा वासीले आ - आफ्नो स्वास्थ्य चेकजाच गराई लाभान्वित भएका छन्। लहान ५ का वडा अध्यक्ष मोहमद सुलेमान मिया अन्सारीको अध्यक्षता, लहान नगरपालिकाका उप-प्रमुख सरियार चौधरीको प्रमुख आतिथ्य तथा लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज भट्टराई , सिनियर इन्जिनियर शत्रुधन चौधरीको विशिष्ट आतिथ्यमा उद्घाटन गरिएको ( लक्षित वर्गको कार्यक्रम अन्तर्गत ) उक्त शिविरमा वडा सदस्यहरु मोहम्मद आविद शेख , सिताराम परियार , राम परि पासवान , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,संचारकर्मी जिवछ उदासी ,लहान ५ का समाजसेवी ओम प्रकाश साह , अहेव राम नारायण पण्डित लगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।

स्वास्थ्य शिविरको उद्घाटन उप- प्रमुख चौधरीले व्यानर खोलेर गर्नु भएको थियो। लहान ३ स्थित अल्फ्रेड हेल्थकेयर एण्ड डायगनोस्टिक सेन्टर प्रालिमा कार्यरत डाक्टर विवेक प्रभात साह एमडी कन्सल्टेन्ट , लहान अस्पतालमा कार्यरत महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शुशिला सिंह, लहान अस्पतालमा कार्यरत वरिष्ट बालरोग विशेषज्ञ डाक्टर सुनिल कुशवाहा सहित लिला मदन पोलिक्लिनिकमा कार्यरत महिला तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर दिलिप कुमार साहको संयुक्त टोलीले शिविरमा आएका विरामीहरु लाई चेकजाँच गर्नु का साथै उचित परामर्श दिएका थिए । शिविरमा ६५ जना बालवालिका , १४८ जना महिला र १५ जना पुरुष गरि २२८ जनाले चेकजाँच गराएका छन्। कार्यक्रम संचालन वडा सचिव लखन साहले गर्नु भएको थियो , भने शिविरमा विरामीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.