शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
" प्रीतक बागमे " नामक मियुजिक भिडियोको विमोचन
मंसिर १९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १९ - 
सिरहाको लहानमा एक कार्यक्रमका बीच " प्रीतक बागमे " नामक  मियुजिक भिडियोको विमोचन गरिएको छ। निर्माता उपेन्द्र कुमार सिंहको अध्यक्षा तथा प्रदेश २ का भौतिक पुर्वाधार राज्यमन्त्री डाक्टर डिम्पल झाको प्रमुख आतिथ्यमा फोकस सिने आर्टको ब्यानरमा बनेको " प्रीतक बागमे " नामक मैथिली मियुजिक भिडियोको विमोचन गरिएको छ।  मोडेल दिनेश सिंह र समिता गिरीको मुख्य भूमिका रहेको "प्रीतक बागमे " मैथिली मियुजिक भिडियोमा चन्द्र किशोर चौधरी र सुनिता साहको कर्णप्रिय आवाजले सजाइएको छ भने निर्देशक राजु चौधरी , सिनेमाटोग्रफी गजेन्द्र गजु , आर्ट विजय कुमार थारु, शब्द देव कारण माझि, मियुजिक शैलेन्द्र विश्वकर्मा, निर्त्य निर्देशन दिनेश ठाकुर र इडीटिंग शिव थारुको रहेको छ।  

कार्यक्रममा राजपा केन्द्रिय सदस्य तथा मैथिली साहित्यकार पुनम झा,गायक चन्द्र किशोर चौधरी, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख, पत्रकार तथा मैथिली साहित्यकार जिवछ उदासी, राजपा लहान नगर अध्यक्ष शत्रुधन मण्डल, राजपा सिरहा संयोजक अध्यक्ष श्रवन झा, राजपा केन्द्रिय सदस्य राकेश झा लगायतले "प्रीतक बागमे " मैथिली मियुजिक भिडियोको सफलताको शुभकामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो। 

 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.