शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कारागार बाट फरार भएका अभियुक्त पक्राउ
माघ २५, २०७३ |

फिरोज शेख लहान - २५ माघ - 

सिरहा कारागार बाट करिब ८ बर्ष पहिला फरार भएका थुनुवा/कैदी भागे भगाएको मुद्दाका फरार अभियुक्त लाई लहान प्रहरीले पक्राउ गरेको छ I पक्राउ पर्नेमा  जिल्ला सिरहा लहान न.पा. वडा नं. ४ बस्ने बर्ष ३६ को मो. खलिल रहेको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ i थुनुवा/कैदी भागे भगाएको मुद्दामा जिल्ला अदालत सिरहाले मिति २०७१ साल जेठ २९ गरेको फैसलाले १ बर्ष कैद र रु.५ हजार जरीवाना हुने ठहर गरिएको तर हालसम्म फरार खलिललाई मिति २०७३ माघ २१ गते शुक्रबार लहान होस्पिटल चौकमा रहेको लहान डेरी उधोग अगाडी बाट पक्राउ गरेको थियो । खलिललाई अनुशन्धान पश्चात फैसला कार्यान्वयनको लागि सिरहा जिल्ला अदालतमा पेश गरि  कैद भुक्तानको लागि सोमबार सिरहा कारागार पठाइएको छ । खलिल हातहतियार खरखजाना मुद्दामा सिरहा कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा मिति २०६५ साल  श्रावन २९ गते कारागार बाट भागी फरार भएका थिए ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.