शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल जेसिजको ४५ औ महाधिबेशन जनकपुरमा शुरु
पौष ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पौष ८ - 
नेपाल जेसीजको ४५ औ राष्ट्रिय महाधिबेशन सनिबार देखि जनकपुरमा शुरु भएको छ। पुस ७ गते देखि १० गते सम्म चल्ने महाधिबेशनमा देशभरिका १४४ शाखाहरुको अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागीता रहेको छ। जनकपुर जेसिसले आतिथ्यता गरिरहेको ४५ औ महाधिबेशनको उद्घाटन सत्र सनिबार सम्पन्न भएको छ। नेपाल जेसीजका वर्तमान अध्यक्ष श्रीधर वाश्यालको अध्यक्षता तथा गणतन्त्र नेपालको पहिलो राष्टपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन उद्घाटन सत्रमा प्रदेश २ का मुख्य मन्त्रि लाल बाबु राउत, जनकपुर उप-महानगरपालिका का मेयर लाल किशोर साह, नेपाल जेसीजका संस्थापक अध्यक्ष डाक्टर भेष बहादुर थापा , जेसीआइ जनकपुरका संस्थापक अध्यक्ष,लक्ष्मी बहादुर निराला, महाअधिवेशन निर्देशक सन्तोषकुमार साह, जनकपुर जेसिज २०१८ का अध्यक्ष जितेन्द्र महासेठ लगायत लहान सिटि जेसिस बाट वर्ष २०१८ का अध्यक्ष उमेश चौधरी, बरिष्ट उपाध्यक्ष अनिल महतो , कृष्णा रौनियार, महासचिव वशन्त साह, सह - महासचिव उमेश साह, कोषाध्यक्ष फिरोज शेख ,कानुनि सल्लाहकार राजु मण्डल , पुर्वअध्यक्षहरु धरणीधर अधिकारि, राजा बाबु साह,रियासत लिमि, शंकर गुप्ता, सत्यनारायण पंजियार लगायत देशभर बाट आएका करिब २ हजार जेसिज पदाधिकारीहरुको उपस्तिथी रहेको छ। 

शुभकामना मन्तव्यको क्रममा जनकपुर उप-महानगरपालिका का मेयर लाल किशोर साहले भन्नु भन्नु भयो , यो संस्था सामाजिक भन्दा पनि व्यक्तित्त्व विकासको लागि अन्तराष्ट्रिय स्तरमा परिचित छ। " परिवर्तन एक दिनमा सम्भव छैन" त्यसैले परिवर्तन आफै बाट शुरु गर्नुपर्छ जसले भोलिका दिनमा युवाहरुको नेतृत्व तथा व्यक्तित्त्व विकास गर्छ भन्ने मान्यतालाई यस संस्थाले सदैव अनुशरण गरेको अनुभूति भएको महसुस गरेको छु। यस्तो  पवित्र उदेश्य बोकेको संस्थाको नेपाल शाखा नेपाल जेसिजको ४५ औ  राष्ट्रिय महाधिवेशन यस पावन मिथिला नगरी जनकपुरधाममा भईरहेको पाउदा नगर प्रमुखको हैसियतले अत्यन्तै हर्ष महशुश गरेको छु। नेपाल जेसिजले आफ्नो राष्ट्रिय महाधिवेशनको लागि यस माता सीताको पवित्र जन्मभूमि पावन मिथिलालाई छनौट गरेकोमा ह्रदय देखि नै धन्यवाद दिदै सफलताको कामना गर्दछु।

यसै बीच प्रदेश २ का मुख्य मन्त्रि लालबाबु राउतले  शुभकामना मन्तव्यको क्रममा बोल्दै भन्नु भयो ; जनकपुर जेसिजले नेपाल जेसिजको ४५ औ राष्ट्रिय महाधिवेशन प्रदेश न.२ को पर्यटकीय तथा धार्मिक स्थल जनकपुरधाममा आयोजना गरेकोमा स-धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्दछु। महाधिवेशनको अवसरमा यस क्षेत्रको बारेमा विस्तृत जानकारी सहितको " वैदेहि " नामक स्मारिका समेत प्रकाशन भएकोमा आफैमा स्वागत योग्य छ। महाधिवेशन तथा स्मारिकाले यस क्षेत्रको संस्कृति , धार्मिक,पर्यटकीय तथा व्यवसायिक क्षेत्रलाई राष्ट्रिय तथा  अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने विश्वाश मैले लिएको छु। 

त्यस्तै महाधिवेशनको उदघाटन गर्दै पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको र देश संघियतामा गइसकेको बेला विकास लगायत अन्य कार्यहरु अझै मजगूतिका साथ बढाउनुपर्ने आवश्यक्ता रहेको बताए ।
संगै जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिहरु पनि यसवाट शिक्षा लिनुपर्ने आजको आवश्यक्ता रहेको भन्दै यसप्रकारको अधिवेशनले जनकपुरको पर्यटनलाई बढाउन मदत पुग्ने समेत उहाँले चर्चा गर्नुभएको छ। यस महाधिबेशन बाट नेपाल जेसीजको वर्ष २०१९ का लागि नया कार्य समिति चयन हुने आयोजकले जनाएका छन। कार्यक्रममा मिथिलाको संस्कृति झल्किने विभिन्न सांस्कृति कार्यक्रमहरु पनि गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.