शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोजपुरी नायिका अक्षरा सिंह र गायिका ज्योति मगर लहान आउदै
माघ ७, २०७५ | फिरोज शेख

फिरोज शेख २०७५ लहान माघ ७ - 
 भोजपुरी सुपर स्टार नायिका अक्षरा सिंह र नेपालकी चर्चित  गायिका तथा मोडल ज्योति मगर लगायत थुप्रै कलाकारहरु सिरहाको लहान आउदै हुनुहुन्छ। एस राज प्रोडक्सनस प्रालिले २०७५ साल माघ २६ गते सिरहाको लहानमा आयोजना गर्न लागेको " लहान सांस्कृतिक कार्यक्रम " मा भोजपुरी नायिका अक्षरा सिंह ,गायिका तथा मोडल ज्योति मगर,नेपालि भोजपुरी गायिका सेलिना कुँवर, संगीतकार तथा गायक सन्तोष राज, भरत साह,विजय यादव निर्विज , मोडल तथा डान्सर मुस्कान सिंह,अमिता छन्टेल लगायत कार्यक्रम संचालिका ललिता दास सहित सथानीय कलाकारहरुको सहभागितामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले पत्रकार समेलन गरि जानकारी गराएका छन। विगत लामो समय देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सेलेबेट्रीहरुको सहभागितामा सांस्कृतिक तथा मोनोरंजनात्मक कार्यक्रम गर्दै आएका एस राज प्रोडक्सनस प्रालि जनकपुर होलि हङ्गामा, गरुडा सांस्कृतिक कार्यक्रम,भोजपुरी नेपालि स्टार नाईट विरगंज,त्रिपल धमाका दोहा कतार लगायत दर्जनौ ठाउमा सफलतापुर्वक कार्यकमको आयोजना गर्दै लहानमा पहिलो पटक माघ २६ गते शनिबारका दिन दिउसो २ बजेदेखि लहानमा अवस्थित बाटिका टुरिजमको प्रांगणमा २० लाख भन्दा बढीको लगानीमा  " लहान सांस्कृतिक कार्यक्रम " को आयोजना गर्न लागेको एस राज प्रोडक्सनस प्रालिका प्रवन्ध निर्देशक गायिका सेलिना कुँवर र संगीतकार तथा गायक सन्तोष राजले जानकारी गराएका छन। 

जस अन्तर्गत कार्यक्रमको सहयोगीहरुमा टाइटल स्पाउन्सर नपाल टेलिकम , पावर वाई टुवर्ग वियर, स्पोन्सर वाईवाई तयारि चाउचाउ ,प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड , हस्पिलिटि पार्टनर बाटिका टुरिजम, रेडियो पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लगायत विभिन्न सहयोगी संघ संस्थानहरु रहेका छन। कार्यक्रममा नेपाल टेलिकम अन्तर्गत एनटिसी प्रिपेडको सिम प्रतेक टिकटमा नि:शुल्क वितरण गरिने छ। टिकट दर भिआइपीको १ हजार र समनायको ३५० रहेको आयोजकले जनाएका छन। सिम प्राप्त गर्नका लागि नागरिकताको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ।  

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.