शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निर्माण व्यवसायी संघमा रासलालले मार्यो बाजी
चैत्र २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ चैत २४ - 
निर्माण व्यवसायी संघमा रासलाल रायले बाजी मारेका छन् । निर्माण व्यवसायी संघ लहान सिरहाको निर्वाचनमा अध्यक्ष रासलाल राय  ,उपाध्यक्ष गोपाल राय   ,महासचिव नन्द किशोर साह ,कोषाध्यक्ष श्याम कुमार महतो र दिपेन यादव सदस्य पदमा रासलाल प्यानल बाट विजय भएका छन् । अध्यक्ष पदमा नेकपा समर्थित इस्लाम अलि ४९ मतले  पराजित भएका छन् भने उपाध्यक्षमा अमरनाथ साह २, महासचिव राम चन्द्र साह ३ , कोषाध्यक्षमा कमल यादव १० मतले पराजित भएका छन् । सचिवमा विमल अधिकारी सहित ४ सदस्य इस्लाम अलि पक्षबाट निर्वाचित भएका छन् ।  

प्यानल मतमा इस्लाम अलिको पक्षमा ९७ रासलाल रायको पक्षमा ९३ मत हुँदा पनि अलि ४९ मतले पराजित भएकोमा नेकपाका नेता तथा कार्यकर्ताहरु आक्रोश पोख्दै अन्तरघातका कारण चुनावमा हार भएको बताउछन । ३३१ मतदाता भएको निर्माण व्यवसायी संघमा नेकपाको तर्फ बाट सिरहा १ को ख प्रदेश सभा सदस्य अशोक कुमार यादव , सिरहा ३ ख को  प्रदेश सभा सदस्य प्रमोद कुमार यादव , सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव , गोलबजार नगरपालिका प्रमुख देवनाथ साह,लहान ९ नम्वर वडाध्यक्ष प्रदिप चौधरी, १० नम्वर वडाध्यक्ष मन्टी कुमार मण्डल नेकपाको जननिर्वाचित जनप्रतिनिधि समेतले मत खसालेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.