शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रुख रोपेर जन्मदिन मनाऔं - राज्य मन्त्री सुरेश मन्डल
चैत्र २७, २०७५ | फिरोज शेख

२०७५ लाहान, २७ चैत । प्रदेश २ का राज्यमन्त्री सुरेश मन्डल द्वारा लाहान स्थित रा. उ. मु. स्मारक अस्पतालमा स्विङ विन (डस्ट विन) वितरण गरिएको छ । जिल्ला वन कार्यालय सिरहा को आयोजनामा भएको डस्ट विन वितरण कार्यक्रममा मन्त्री सुरेश मन्डलले वातावरण संरक्षणमा विशेष जोड दिनु भएको छ। अस्पताल अनुगमन र सरसफाइ पश्चात् मन्त्री मन्डलद्वारा  वितरण गरिएको डस्टविन सहि रुपमा प्रयोगमा ल्याउन अस्पतालको मेसु सुनिल कुश्वाहा लाई आग्रह गर्नुभयो ।

 "सरसफाई  अस्पतालको लागि अति नै महत्वपुर्ण हुने हुँदा फोहोर डस्टविनमा फाल्नुपर्ने बानी को बिकास गर्न अस्पतालमा उपचाररत आउने रोगी र कुरुवाहरुमा चेतना हुनु अति आवश्यक छ।" मन्त्री मन्डल ले थप्दै भन्नुभयो । कार्यक्रम सम्बोधनकै क्रममा वहाँले भन्नुभयो कि  प्रदेश २ मा जम्मा  ५५ लाख जनसंख्या छन यदि प्रत्येकले आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठ एक एक बिरुवा रोपेर मनायौं भने विना खर्च यो प्रदेश हरियाली प्रदेशकोरुपमा विकसित हुनेछ । 

कार्यक्रममा डिभिजन वन अधिकृत उपेन्द्र प्रशाद पटेल, सहायक वन अधिकृतहरु अमरेन्द्र प्रशाद यादव, राजकुमार ठाकुर, राम भगत यादव, विरेन्द्र कुमार यादव, रेन्जर किशोर कुमार चौधरी, राजपा नेपालका केन्द्रिय सदस्य किशोरी यादव, राकेश झा, लाहान नगर अध्यक्ष शत्रुधन मन्डल, प्रेस मञ्च नेपालका केन्द्रिय सचीव विरेन्द्र (विरु) यादव, केन्द्रीय सदस्य गोपाल गुप्ता, राजपाका युवा नेता मनोज(मन्जे) यादव, समाजवादी फोरमका नगर अध्यक्ष दिनेश महतो लगायत ले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.