शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निर्माण व्यवसायी संघको पद स्थापना कार्यक्रम सम्पन्न
बैशाख १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १६ - 
सिरहाको लहानमा आइतबार एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी संघ लहान सिरहाका नव निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। सिरहाको लहानमा आयोजित नेपाल निर्माण व्यवसायी संघ लहान सिरहाको १० औ शपथ तथा पद स्थापना कार्यक्रमा नव निर्वाचितअध्यक्ष रासलाल राय ,उपाध्यक्ष गोपाल राय ,महासचिव नन्द किशोर साह ,कोषाध्यक्ष श्याम कुमार महतो र दिपेन यादव , सचिवमा विमल अधिकारी , दिपेन कुमार यादव सहित ४ जना सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। नेपाल निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्य तथा वर्तमान अध्यक्ष रासलाल रायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा राजनीतिककर्मी, निर्माण व्यवसायीकर्मी, नागरिक समाजका अगुवा , जनप्रतिनिधि ,सुरक्षा निकायका पदाधिकारी, संचारकर्मी, लगायत विभिन्न संघ संस्थानका पदाधिकारीहरुको उपस्तिथी रहेको कार्यक्रमा प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्दै निर्माण व्यवसायी सफल भएमात्रै सरकारको सपना साकार हुने बताउनु भयो। निर्माण व्यवसायीले खाडी मुलकमा नभएर स्वदेशमा नै रोजगारी सृजना गर्न लागि परेकाले सरकारले पनि निर्माण व्यवसायीलाई सहयोग गर्नु पर्छ। सवै निर्माण व्यवसायी एक भएर राष्ट्र निर्माणमा जुट्नु पर्ने प्रमुख अतिथि सिंहले बताउनुभयो । सिरहाली व्यवसायीको साथ र सहयोग पाए निर्माण व्यवसायीहरुको हक अधिकारका लागि आफू एक ढिक्का भएर अगाडि बढ्न तयार रहेको उहाँको भनाई थियो।

पाँच करोड रुपैयाँसम्म स्थानीय निकायमा १५ देखि २० करोड प्रदेश भित्रका निर्माण व्यवसायीले मात्र प्रतिष्पर्धा गर्न पाउनु पर्ने विषयमा आफूले पहल गरिरहेको सिंहको भनाई छ । उहाँले दुई अर्व रुपैयाँ भन्दा बढीका आयोजनामा मात्र विदेसिलाई प्रतिष्पर्धीका रुपमा सहभागी गराउन माग गर्नुभयो । नव निर्वाचित निर्माण व्यवसायीहरुको एजेण्डामा सरकारले साथ दिएमा अरवौं रुपैया विदेसिने रकम रोकिने उहाँको तर्क छ । नेपाली निर्माण व्यवसायीसक्षम भएमा सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने केन्द्रीय अध्यक्ष सिंहको बताउनु भयो। उहाँले विदेसी प्रविधि सिक्ने वातावरण वनाउन पनि सरकारलाई आग्रह गर्नुभयो । बहुमत प्राप्त सरकार भएकाले सरकारले चाहेमा जुनसुकै विषयमा पनि परिर्वतन गर्न सक्ने उहाँको तर्क छ। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अध्यक्ष रायले मायाको चिनो सहित सम्मान गरेका थिए,भने कार्यक्रमको उद्घोषण रेडियो सरगम ९३ मेगाहर्जमा कार्यरत समाचार वाचिका अनुपम झाले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.