शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा अध्यक्ष महतो द्वारा सांसद गिरिलाई स्वागत तथा सम्मान
बैशाख १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १६ - 
पर्सा जिल्ला क्षेत्र न. ३ को ( ख ) बाट निर्वाचित  प्रदेश सभा सांसद प्रहलाद गिरि लाई लहान नगरपालिका वडा नम्बर ८ का अध्यक्ष  विजय महतोले आफ्नो कार्यलयमा स्वागत तथा सम्मान गरेका छन्। सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको भएको निर्वाचनमा आफ्नो मत खसालन आएका गिरि लाई फोरममा आवद्ध कार्यकर्ता तथा वडा सदस्यहरु संगको भेटघाटको क्रममा अध्यक्ष महतोले आइतबार उहालाई स्वागत तथा सम्मान गर्नु भएको छ। संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि आइतबार अबेर राति सम्पन्न मतदानको मतगणना जारि छ। अध्यक्ष पदमा रेणु यादव, विजय कुमार यादव र अशोक यादव बीच अध्यक्ष पदका लागि मतदान भएको छ। रेणु यादव वर्तमान प्रदेश अध्यक्ष र केन्द्रिय उपाध्यक्ष हुन् । विजयकुमार यादव प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री र केन्द्रिय कोषाध्यक्ष हुन् भने अशोक यादव सर्लाहीबाट प्रदेश साँसद हुन् ।

सांसद गिरिका अनुसार नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको छ । २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, केन्द्रिय सदस्यहरु महाजन यादव, हरिनारायण यादव लगायतले प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन्।

अध्यक्ष र सदस्यको निर्वाचनको परिणाम पछि समितिले १० जना मनोनित बाट तीन जना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्ष चयन गरिनेछ । पार्टी विधानले एक व्यक्ति एक पदको व्यवस्था गरेको छ । प्रदेशमा रहने नेताहरु केन्द्रिय समितिमा जान नपाउने सांसद  प्रहलाद गिरि बताउछन । प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका छन् । 

यसै बीच संघिय समाजवादी फोरम नेपाल प्रदेश न। २ को अधिवेसन बाट पर्सा प्रदेश सदस्यमा सिंगहासन साह  २८८ मत, महाजन यादव २६० मत, बिरेन्द्र प्रसाद यादव २४९ मत , दिपक यादव २२८ मत, शशी कपुर मिया २२० मत, मदन चौहान २०५ मत प्राप्त गरि विजय भएका छन्। 
अहिले सप्तरिको मतगणना जारि रहेको राकेश रोशन गुप्ताले जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.