शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा
बैशाख २३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख २३ - 
" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने उदेश्यका साथ खोटाङ बाट शुरु भएको साईकल यात्रा सिरहा  आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर्ण श्रेष्ठ सिरहाको लहान आईपुगेका हुन् ।गत चैत्र ३ गते घरबाट निसिएका श्रेष्ठले प्रदेश १ का १४ वटै जिल्लाको यात्रा गरिसकेको संचारकर्मीहरु संग साक्षात्कार गर्ने क्रममा जानकारी गराएका छन् ।

श्रेष्ठले प्राकृतिक स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न सके मुलुकलाई नै फाईदा पुग्ने बताए। प्राविधिक शिक्षा तथा रोजगारमूलक शिक्षा लागू गर्नसके आफै आत्मनिर्भर भएर परजीवी हुन नपर्ने स्पष्ट पारेका छन्। मुलुकमा बढ्दो भ्रष्टाचारलाई सबैभन्दा पहिला जरैदेखि निर्मूल पार्नुपर्छ, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न सके आन्तरिक पर्यटन प्रवर्धन लाई बढावा दिन सकिने छ । निजि र सामुदायिक क्याम्पस तथा विद्यालयहरूमा पढाइने पाठ्यक्रम सम्मान हुनु पर्ने जोडदार मांग गर्दै हाल स्थानीय तहबाट भ्रष्टाचारमुक्त समाजको निर्माण र पर्यटनको प्रवर्धन गर्नुपर्ने अभियानकर्ता श्रेष्ठ बताउछन ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश १ बाट शुरु भएको साईकल यात्रा ७ वटा प्रदेशको ७७ वटै जिल्लाका विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्याल, क्याम्पस तथा विद्यालयहरूमा पुगि अभियानको बारेमा जानकारी गराउने श्रेष्ठले जानकारी दिए ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.