शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वृक्षारोपन तथा शुभकामना आदान-प्रदान गरि गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेष्ठ १५ - 
लहान नगरपालिकाले वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको छ। नगरप्रमुख मुनि साहको अध्यक्षतामा सम्पन्न वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रमा लहान नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न पार्टीमा आवध व्यक्तिहरु,सुरक्षा निकायका प्रतिनिधि,कार्यसमितिका सदस्य, कर्मचारी, संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। १२ औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त शुभकामना मन्तव्यमा बोल्दै नगरप्रमुख साहले भन्नु भयो; गणतन्त्रको लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमुना हो। तीन तहको सरकार बनिसकेकोले अव विकास निर्माणको जिम्मा हामीसबैको रहेको उहाँले बताउनुभयो । 

सबैले आ-आफनो जिम्मेवारी पुरा गरेर यस लहान नगरपालिकालाई समृद्ध बनाउनुपर्ने अवस्थामा केहि विकास विरोधी तत्वहरुले फोहरको फोहरी खेल खेलेर विकास र समृद्धिको बाटोमा जति तगारो बनेपनि हामि एक छिन पनि बिचलित भएका छैनौ। समस्याको समाधान र निकासका लागि पटक -पटक आग्रह गर्दा पनि विकास विरोधीहरुले बालहट गरि विकासको कार्यमा अवरोध पुर्याउन फोहरको खेल खेलिरहेको छ। गणतन्त्रको फल जनजनको घरदैलोमा पुर्याउन हामि जहिले पनि तत्पर हुनु पर्छ, गणतन्त्रका उपलब्धीहरुलाई रक्षा गर्दै राष्ट्रीयता र समृद्धिको लागि लहानका स्थानीय सरकाले सुन्दर लहान समृद्ध लहान बनाउन लागिपरेको छ, भने संघ र प्रदेश सरकारको समृद्ध नेपाल खुसी नेपालीको नारा लाई साकार पर्न जनप्रतिनिधिहरु पनि लाग्नु पर्ने कुरामा जोड दिनु भयो  | यसै बीच लहानको हाइवे सडक लाई जोड्ने ६५ फिटको सडक छेउमा ५१ वटा अशोक र कल्कीको विरुवा नगरप्रमुख साह र जनप्रतिनिधिहरुले रोप्नु भएको छ |

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.