शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
३८ लाख रुपैयाँसहित एक भारतीय पक्राउ
माघ २९, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, माघ २९–
सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारले ३८ लाख रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । भारतको विहार मधुमनीका पुजनराम मोचीलाई धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट ३८ लाख रुपैयाँसहित शनिबार पक्राउ गरेको हो ।  गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागेर चेक गर्दा कपडाको थैलोमा पोकोपारी बोकेको अवस्थामा ३८ लाख रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी वेसक्याम्प गोलजारका प्रहरी निरीक्षक दुर्गा भट्टले जानकारी दिनुभयो । भट्टले भननुभयो, ‘बडियारपट्टी–जिरोमाइलको गाडीबाट ओर्लेर प्रहरीलाई देखेपछि शंकास्पद व्यवहार देखाएपछि शरीर खानतलासी गर्दा यो रकम बरामद भएको हो ।’ पक्राउ परेका मोचीले उक्त रकम आफूलाई मधुवनीका शंकर सहनी नाम गरेका किराना पसलेले गोलबजारका एक व्यवसायीलाई पुर्याउनको लागि पठाएको बताए  । उनीमाथि सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । साभार - उज्यालो नेटवर्क 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.