शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन
साउन २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन २६ - 
लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रदेश २ का उद्योग तथा प्रर्यटन मन्त्रालय र भू तथा जलाधार व्यवस्थापन लहान सिरहाको सहयोगमा ६८ लाखको लागानीमा निर्माण भएको नमूना हरित सडकको शनिबार एक कार्यक्रमका बीच प्रदेश नं: २ को आर्थिक मामिला तथा योजना मंत्री विजय कुमार यादवको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ। असारे बजेटमा अनियमितता र ब्रम्हलुट भईरहेको बिरोध चारैतिर भईरहेको बेला सल्हेश फूलबारी सौन्दर्यकरण उपभोक्ता समितिले राम्रो काम गर्न सफल भएको बताउदै उहाले समितिका सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिनुभयो। कार्यक्रममा बोल्दै मन्त्रि यादवले राजा स्ल्हेश र दिनाभद्रिको ऐतिहासिक गाथाहरुको सन्दर्भलाई जोड्दै यस क्षेत्रको उत्थान र प्रवर्धनका लागि प्रदेश सरकार कहिले पछी नहट्ने प्रतिवध्ता जनाउनु भयो।  

निर्माण भएको नमूना सडकमा १६ सय आँपको विरुवा र तीनहजारको संख्यामा सुन्दर फूल फूल्ने फुलको बोट र शीतल दिईरहने अशोकको विरुवा रोपेका छन्।  मन्त्रालयले एक महिनाअघि स्थानीय युवा गोपाल गुप्ताको अध्यक्षतामा गठन गरेको सौन्दर्यकरण उपभोक्ता समितिले छोटो समयमा ठोस काम गर्न सफल भएको भन्दै कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले बोल्ने क्रममा शुभकामना सहित समितिलाई धन्यवाद दिदै यस कार्यलाई उच्च मुल्यांकन गरि  प्रदेश २ मा नै यो ठोस र नमुना काम भएको दाबि गर्दै अनुगमन समितिले उपभोक्ता समितिका अध्यक्ष गोपाल गुप्ताको प्रशंसा गरेका छन्। समितिका अध्यक्ष गोपाल गुप्ताका अनुसार उपभोक्ता समिति गठन भएको बेलादेखि नै उपभोक्ता समिति लगायत स्थानीय यूवाहरुलाई परिचालन गरि दिनरात खटेर सौन्दर्यकरण गर्न हरित सडक निर्माण गर्न सफल भएको बताए। अध्यक्ष गुप्ताले समितिका उपाअध्यक्ष सुनिता यादव ,कोषाअध्यक्ष बद्री यादव , सचिव सजन देव यादव, सदस्यहरु सुरज यादव , संजय बिक,राम बेसिर राम लगायतको मेहनेत र लगनशिलता , प्रदेश सरकारको आर्थिक सहयोग तथा विभिन्न सहयोगीहरुको सहकार्यले रामो काम गर्न सफल भएको बताउदै सम्पूर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेका छन।

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत ७ सय ६० मिटर लामो, नौ मिटर चौडाई र अढाई मिटर उचाई भएको ग्राभेल सडकमा आठवटा स्तरीय कलर्भट जडान भएको छ। बैशाख १ गते लाग्ने सल्हेश फूलबारीको विशाल मेलामा रुखको छाहारी र वातावरण शुद्धताको लागि विरुवा लगाइएको हो। समितिका अध्यक्ष गोपाल गुप्ताको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर २२ का वडा अध्यक्ष  विन्देश्वर यादवले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संघ संस्थानका प्रमुख तथा प्रतिनिधि , वुद्धिजीवी , नागरिकसमाज तथा संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.