शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न
भाद्र ६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र ६ - 
कम्प्यूटर एसोशियसन अफ नेपाल (क्यान) सिरहाको सम्पन्न पाँचौ जिल्ला अधिवेशन तथा दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी २ वर्षका लागि नरेन्द्र कुमार सिंहको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । यसैगरि उपाध्यक्षमा सिनोद कुमार यादव, सचिव संजय कुमार शर्मा , सह -सचिव घुरन महतो, कोषाध्यक्षमा कुमारी रानी चयन भएकी छन्। भने उक्त अधिवेशनले सदस्यहरुमा दिपेन्द्र महतो, मनोज कुमार शर्मा,सुरेन्द्र कुमार महतो,कृष्णा ठाकुर,नन्द किशोर गुप्ता सहित निवर्तमान अध्यक्ष पदेन रहने गरि धनन्जय महतो सहित ११ जनाको नया कार्य समिति चयन गरेको छ। चयन भएका नया कार्य समितिका पदाधिकारीहरु लाई निर्वाचन अधिकृत अधिवक्ता दिप नारायण मण्डल बाट सपथ गराई पदभारको पनि जिम्मेवारी दीएको छ।

कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)–सिरहा सूचना प्रविधिसम्बन्धी व्यवसायीहरुको छाता संगठन हो । नवनिर्वाचित अध्यक्ष सिंहले पदभार ग्रहण गर्दै क्यान सिराले गर्दै आएका विभिन्न रचनात्मक कार्यक्रमहरु लगायत क्यान सिरहाले अघिल्ला वर्षहरुमा गर्दै आएका सूचना प्रविधि सँगका विभिन्न कार्यक्रमरुलाई निरन्तरता दिंदै थप नयां कार्यक्रमहरु ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। क्यान सिरहको निर्वाचन सत्र भन्दा अगाडी भएको उद्घाटन सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष धनन्जय महतोले गर्नु भएको थियो,भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो। कार्यक्रमको अतिथिहरुमा क्यान प्रदेश २ का अध्यक्ष बालकृष्ण श्रेष्ठ,केन्द्रिय सदस्यहरु भुपाल दास श्रेष्ठ,दिपेन्द्र राज सिंह , लगायत लहान एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि,लहान सिटि जेसिजका पुर्व अध्यक्ष शंकर प्रसाद गुप्ता,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , समृद्धिपथ राष्टिय दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी,संचारकर्मी महेश सिंह सहित क्यान सिरहामा आवध विभिन्न व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरुले युवापुस्ताहरू प्रविधिको सन्तुलित प्रयोग गरी सिर्जनसील बन्नुपर्ने बताए । प्रविधिको सकारात्मक प्रयोगको बारेमा बालबालिकालाहरूलाई सचेतीकरण गर्दै प्रविधिलाई व्यवसायिकता र सिर्जनसिलता सँग जोड्नुपर्नेमा जोड दिएका छन्। स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नमा आइटी व्यवसायीहरू अग्रसर बन्नुपर्ने बताउदै सूचना प्रविधि धेरैको चासोको विषय भएकाले सूचना प्रविधिलाई सही दृष्टीकोणमा अगाडि बढाउनुपर्नेमा जोड दिए।सूचना प्रविधिको विकासले भौतिक विकास र सामाजिक समृद्धिलाई टेवा पु¥याउने भएकोले प्रविधिलाई समयसापेक्ष बनाउनुपर्ने लगायतका सल्लाह सुझाव सहित नव कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए। कार्यक्रमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.