शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना
भाद्र १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र १३ - 
एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको एनआईसी एशिया बैंकका उप-प्रादेशिक कार्यलय प्रमुख जितेन्द्र कुमार साहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

सिरहाको लहानमा अवस्थित स्माइलि रेस्टुरेन्टको सभा हलमा आयोजित उक्त कार्यक्रममा उप-प्रादेशिक कार्यलय प्रमुख साहले सुपर चमत्कारिक बचत योजना अन्तर्गत रहेका नयाँ ‘सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको बताउनु भयो।

उप-प्रादेशिक कार्यलय प्रमुख साहका अनुसार नयाँ सुपर चमत्कारिक निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ रु १ करोड ३१ लाख ५० हजारसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बीमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने जनाएको छ ।

त्यस्तै सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको बताए।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ । सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने उप-प्रादेशिक कार्यलय प्रमुख साहले जनाएका छन्। पत्रकार सम्मेलनमा सिरहा शाखाका प्रवन्ध निर्देशक सुतिज प्र्तिहस्त , मिर्चैया शाखाका प्रवन्ध निर्देशक सोवित साह लगायत बैंकमा आवध कर्मचारी लगायत विभिन्न संचारक्षेत्रमा आवद्ध संचारकर्मीहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.