शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु
भाद्र १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र १३ - 
सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ। सिरहाको लहानमा लायन्स क्लब अफ लहान सिटिको आयोजना तथा नोबेल अस्पताल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र लहान सगरमाथा एकेडमीको विशेष सहयोगमा लहानमा अवस्थित राम कुमार मुरारका उमा प्रसाद शारदा स्मारक अस्पतालमा शुक्रबार देखि  एक कार्यक्रमका बीच २ दिने स्वास्थ्य शिविर कार्यक्रम शुरु भएको हो। लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष राम सेवक यादवको अध्यक्षता तथा लहान नगरपालिकाका नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको छ।  
शिविरमा आँखा जाँच, दाँत परिक्षण, नाक-कान - घाटी,नशा तथा हाड-जोर्नी ,जेनेरल मेडिसिन सेवा, स्त्रीरोग तथा मधुमेह,बाल रोग ,मुटु रोग ,छाला रोग लगायत सामान्य स्वास्थ्य परिक्षणका साथै इसिजी , एक्सरे ,भिडियो एक्सरे सहितको नि:शुल्क सेवा प्रदान गरिने कार्यक्रमका संयोजक रियासत लिमि ( मुन्ना )ले जानकारी दिएका छन्। कार्यक्रमको उद्घाटन सत्रमा लायन्स कल्वमा आवध विभिन्न पदाधिकारीहरु, नोबेल अस्पताल मेडिकल कलेजका डाक्टरहरु लगायत विभिन्न संघ -संस्थानका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।  
यसै बीच शिविरको पहिलो दिन ४ सय १७ जनाले आ-आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको लायन्स क्लब एसोसिएसन नेपालका रिजन चेयरपर्सन चक्रपानि दाहालले जानकारी दिएका छन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.