शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच
भाद्र १५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र १५ - 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले शिक्षा बीमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको बताएका छन्। सिरहाको लहान ३ मा अवस्थित श्री लक्ष्मण ललिता कुशवाहा माविको कक्षा ८ मा अध्यनरत १०३ जना छात्राहरुलाई ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत नि:शुल्क साइकल वितरण कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मुख्य मान्ती राउतले यस्तो सोच लिएको बताउनु भएको हो। 

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा/टाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने बताउदै महिला शिक्षाबिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एकपछि अर्को कार्यक्रम ल्याउन लागेको बताए । उनले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभइ सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए। छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको उल्लेख गरे। महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने मुख्यमन्त्री राउतको भनाइ छ।
 
मुख्यमन्त्री राउतले प्रदेशमा छोरीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने बताउदै प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रुणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन ‘बेटी पढाउ, बेटी बचाउ’अभियानले चेतना जगाउदै गइरहेको विश्वास व्यक्त गरे। मुख्यमन्त्री राउतले प्रदेश अन्तर्गतका आठ जिल्लामा १ माघदेखि जन्मिएका छोरीहरु जन्मिदै लखपति भएको समेत बताएका छन् । १ माघ २०७५ देखि यता जन्मिएका पाँच हजार छोरीहरुको बीमा गरिएको चर्चा गर्दै मुख्यमन्त्री राउतले साुमदायिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरीहरुलाई चालु आर्थिक वर्ष २०७६/०७७ मा १४ हजार साइकल वितरण गर्ने योजना रहेको औंल्याए । ‘अति बिपन्न दलित मुस्लिम छात्राहरुलाई मासिक पाँच सय पढाई खर्च र आजावापत् तीय सय रुपैयाँ थप रकम दिइने योजना छ’ मुख्यमन्त्री राउतले भने ‘त्यसका अतिरिक्त प्रदेश अन्तर्गतका हरेक जिल्ला सदरमुकामममा लोक सेवा तयारी कक्षा समेत संचालन गरिने उनले ताबी समेत गरे ।

श्री लक्ष्मण ललिता कुशवाहा माविका जग्गादाता पुर्व सांसद लक्ष्मण मेहता र उनको पत्नी ललिता मेहताको अध्यक्षतामा आयोजना भएको साईकल वितरण कार्यक्रममा संघीय समाजवादी पार्टी, राजपा,नेपालिकांग्रेस, नेकपा, जनमतपार्टी लगायत विभिन्न पार्टीमा आवध राजनीतिक दलका पदाधिकारीहरु संगै विद्यालयमा अध्यनरत छात्रछात्रा,शुरक्षा निकायका पदाधिकारीहरु ,शिक्षक, बुद्धिजीवी,नागरिक समाज,संचारकर्मी लगायतका अतिथिहरुको उपस्तिथी रहेको थियो

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.