शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर
भाद्र २३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र २३  -
सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लहान ३ होस्पितल चौक देखि ३ सय मिटर पूर्वमा सप्तरीऋषि अस्पतालको सामुने अवस्थित फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर प्रालिले आयोजना गरेको २ दिने नि : शुल्क स्वास्थ्य सिविरमा १ सय २ जनाले नि :शुल्क फिजियोथेरापी सेवा लिई लाभान्वित भएका छन्। उक्त शिविरमा घाटी,ढाड,घुडा,जोर्नीहरू दुखने , डिस्क प्रोल्यास ,गेठीया वातरस ,हाड खिइएको , नशा च्यापिएको तथा पारलाइसिस ( लक्बा ) , मुख वाङ्गिने , शरीरको कुनै एक अथवा दुवै भाग नचल्ने ,जोर्नीहरू कम चल्ने ,शरीर र हात खुट्टाको कमजोरी ,जन्मै देखि शिशुहरुको हात खुट्टा नचल्ने र बोल्न न सक्ने लगायतका समस्याहरु भएका विरामीहरु लाई नि:शुल्क सेवा प्रदान गरिएको फिजियोथेरापीस्ट डाक्टर अरुण साहले जानकारी दिएका छन। शिविरमा सिरहा ,सप्तरी ,उदयपुर ,धनुषा लगायतका १०२ जना विरामीहरुले फिजियोथेरापी सेवा बाट स्वास्थ्य लाभ लिएका छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.