शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर
भाद्र २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र २६ - 
लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः श्याम साह (भोरे -भोर) लाई चयन गरेको छ । नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा –श्याम साह (भोरे -भोर) ,उपाध्यक्षमा–नन्दकिशोर गुप्ता , महासचिवमा–बसन्त साह, सचिवमा विन्देश्वर साह , कोषाध्यक्षमा कृष्ण गुप्ता रहेका छन् । त्यस्तै लहान सुनचाँदी व्यवसायी संघको कार्यसमिति सदस्यहरुमा राम कुमार विक ,सन्दिप साह , सन्तोष साह,मुकेश साह ,गायत्रीदेवी साह लगायत अध्यक्ष द्वारा सह -कोषाध्यक्षमा उज्ज्वल साह र सदस्यमा मोनु साह लाई साधारण सभा बाट मनोनित गरिएको छ।
नवनिर्वाचित अध्यक्ष भोरे -भोरले सुनचाँदीको निर्यात सम्बन्धी स्पष्ट नीति नबन्दा नेपालीहरुले धेरै दुःख कष्ट भोग्नुपरेको हुँदा नियम कानुन चाडै बनाउनुपर्ने बताएका छन्। उनले छिट्टै निर्यात सम्बन्धी नियम–कानुन बनाई विद्यमान समस्याको हल गर्न सरकारले तदारुकता देखाउनुपर्ने जिकिर गरेका छन्।  

संघको छैठो साधारणसभा तथा अधिवेशनको कार्यक्रमा सुनचाँदी व्यवसायी संघ प्रदेश २ का उपा-अध्यक्ष शिव सराफले शुभकामना मन्तव्य राख्ने क्रममा नेपालको हालको अर्थतन्त्रमा सुनमा लगाएको कोटा र नियन्त्रित बजारबाट ब्यबसायीहरुले ठूलो पीडा, अपमान र तिरस्कारको सामना गरिरहेकाले नेपाल सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको व्यवस्था हटाउदै निर्यातमुखी औद्योगिक वातावरण निर्माण गर्न माग गरेका छन। नेपालको सुनचाँदी बजारमा प्रत्येक्ष र अप्रत्यक्ष रुपमा करिब २२ हजार व्यवसायीहरुले व्यवसाय संचालन गरि आएका छन् । जस अन्तर्गत झन्डै १ लाख २० हजार मजदुहरुले काम गरिरहेको उनले बाताए। सुनचाँदी व्यवसायबाट मुलुकको वार्षिक राजस्व, कर, सेवा शुल्क र अन्य शुल्क गरी करिब आठ अर्बको राजश्व संकलन हुने गरेको र समग्र बजारको आन्तरिक वर्षिक कारोबार झन्डै एक खर्बभन्दा माथि रहेको उनको दाबि रहेको छ।

लहान नगरपालिका नगर प्रमुख मुनि साहले साधारणसभाको उद्घाटन गर्दै सुन–चाँदी व्यवसायमा देखिएका समस्या लाई हल गर्न स्थानीय सरकार बाट हुने सम्पूर्ण सहयोगहरुका लागि आफु तम्तयार रहेको बताए । उनले लहान बजारको गरिमा तथा मुख्य व्यपारिक केन्द्रको रुपमा स्थापित लहान ७ का पुरानो बजारलाई स्तरउन्नति गर्दै स्मार्ट सिटीको रुपमा स्थापित गर्ने आश्वासन दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य ,वडा नम्बर ७ का वडा अध्यक्ष रोशन गुप्ता ,वडा ८ का अध्यक्ष विजय कुमार महतो, कारिगढ़ संघका अध्यक्ष हरि विश्वकर्मा , शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख , लहान सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष मनिस सारडा लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए।

कार्यक्रममा निर्वाचन अधिकृत राजा बाबु साहको हात बाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाण -पत्र वितरण गरिएको थियो। भने कार्यक्रमको उद्घोषण बसन्त साहले गरेका थिए।कार्यक्रममा उपस्थित सम्पूर्ण लाई मायाको चिनो र खादाले सम्मान गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.