शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण
आश्वीन १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असोज १ - 
डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरु संग मंगलबार लहान नगरपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।अभिमुखिकरणको आयोजना लहान नगरपालिका नगर स्वास्थ्य शाखाले गरेका थिए।अभिमुखीकरणमा लहान नगरपालिका नगर स्वास्थ्य शाखाका सह- संयोजक चन्देश्वर प्रसाद यादवले सरोकारवालाहरुलाई डेंगुदेखि सचेत हुन आग्रह गरेका थिए । उनले वातावरणीय क्षेत्रमा आएको परिवर्तनले विभिन्न रोगको संक्रमण बढ्न थालेको बताए । उनको भनाइअनुसार चिकित्सा क्षेत्रले नसोचेका रोगहरु विश्वमा देखा परिरहेका छन् । उनले यस्ता रोगको संक्रमण देखा पर्नुको कारण पृथ्वीको तापक्रम बढ्दै जानु हो भने । उनले डेंगु संक्रमणबाट बच्ने विभिन्न उपायहरुबारे पनि सरोकारवालाहरुलाई बताएका थिए ।

त्यसैगरी उनले लहानमा पनि १ जना मानिसमा डेंगु देखिएको जानकारी दिए। अभिमुखीकरणमा लहान नगरपालिका उप -प्रमुख सरियार कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली,ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी भेषराज रिजाल,शसत्रवेस  क्यामका डिएसपी प्रेम रावत, वडाअध्यक्ष, कर्मचारी,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।लहान नगरपालिकामा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत विहिवार देखि लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, सहभागी भइ वडा नम्बर १ देखि वडा १२ सम्म घरदैलो कार्यक्रम सञ्चालन कार्यक्रममा जानकारी गराइएको छ।

हाल सिरहामा १४ जना डेंगुका बिरामी फेला परिसकेका छन्। सिरहाका १७ स्थानीय तहमध्ये गोलबजारमा ९ धनगढीमाई नगरपालिकामा ४ र  लहानमा १ गरि १४ जना डेंगुरोगीको पहिचान भएको छ । गोलबजार नगरपालिका स्वास्थ्य शाखा संयोजक पवनकुमार पञ्जियारले पछिल्लोपल्ट वडा नं. ४ मा २ जना डेंगुरोगी भेटिएको जानकारी दिँदै उक्त वडामा मात्र ८ जना र ३ नं. वडामा १ गरी नौजना डेंगुरोगीको पहिचान भएको बताए । ‘डेंगु पहिचान भएका बिरामीमध्ये प्रायः सबै धरान, विराटनगर र काठमाडौंमा उपचार गरेका छन्। 

त्यस्तै, धनगढीमाई नगरपालिका १२ नं. वडामा २ जना डेंगु संक्रमित बालक भेटिएपछि शनिबार वडाबाट १० हजार र नगरपालिकाबाट २० हजार रुपैयाँ आर्थिक सहयोग गरी विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।स्थानीय अमृता सार्कीका ६ वर्षीय छोरा अजय र चार वर्षीय सुनीलको वडा र नगरपालिकाको सहयोगमा उपचार जारी रहेको र उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोरिने वडाध्यक्ष राजु श्रेष्ठले बताए । त्यसअघि धनगढीमाई–४ मा २५ वर्षीय युवक र १३ मा ७० वर्षीय वृद्ध पनि डेंगु संक्रमित रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

यसै बीच  सिरहाको लाहानमा पनि डेंगु रोगि फेला परेका छन्। अहिलेसम्म लहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी फेला परेका छन् ।लहान स्थित राम कुमार शारडा  उमा प्रसाद मुरारका स्मारक अस्पतालमा १ जनामा डेंगु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ताले दिएको जानकारी अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेका छन् । नाम नखोल्ने शर्तमा उक्त बिरामीले आफू डेंगु प्रभावित भएको स्विकारेका छन । बिरामी एक प्राईभेट बैङ्कमा कार्यरत रहेको खुलेको छ ।

यस क्षेत्रमा यो रोग देखा परेपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । डेंगुका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरुको पहिचान गरि त्यसलाई नष्ट गर्नु पर्ने ‘घर वरपर फालिएर रहेको खाली वोतल, गाडी तथा मोटरसाइकलका टायरहरु, कुलर, गमला जस्ता ठाउँहरुमा थारै पानी जमेको ठाउँमा पनि सहजै डेंगुको लामखुट्टेको वृद्धि विकास हुने भएको हुँदा यस्ता ठाउँहरुको पहिचान गरी त्यसलाई सफा पारे डेंगु बाट बच्न सकिने सह- संयोजक चन्देश्वर प्रसाद यादवको तर्क छ।’

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.