शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी
आश्वीन ९, २०७६ | फिरोज शेख

द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी

फिरोज शेख लहान २०७६ असोज ९ - 
सिरहाको लहानमा बुधबार द्वन्द सिर्जित अपाङ्गता भएका नागरिकको फोटो तथा कथा प्रदर्शनी गरिएको छ। अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिरहाको आयोजना तथा अपाङ्गता भएका द्वन्द पिडितको राष्टिय संजालको सहकार्यमा पशुपति आदर्श माविको प्राङ्गनमा  द्वन्द सिर्जित अपाङ्गता भएका नागरिकहरुको फोटो प्रदर्शनी तथा उनीहरुको भोगाइ ,पिडा र त्यसलाई चिरेर अगाडी बढेका संघर्षका गाथाहरु समेटेर तयार पारिएको १४ फोटो कथा , युद्धका जीवित स्मृतिहरुको फोटो प्रदर्शनी गरिएको छ। अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षता तथा लहान नगरपालिका उप-प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा द्वन्द पिडितको राष्टिय संजालका संयोजक सुरेन्द्र खत्रीले कार्यक्रम बारे प्रष्ट पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। भने ईलाका प्रशासन कार्यलय लहानका प्रशासकीय अधिकृत भोजराज खतिवडा , शस्त्र प्रहरी वेसक्याम्प लहानका डिएसपी प्रेम रावल , संचारकर्मी जिवछ उदासी लगायतले द्वन्द्वपीडित परिवारको विभिन्न समयमा सरकारसँग भएका सम्झौता अनुरुप र द्वन्द्वपीडित वडा पत्रमा उल्लेख गरिएका बुँदा पूरा गर्न माग गरेका छन् । द्वन्द्वपीडितका समग्र प्रक्रिया र संयन्त्रमा उनीहरुको अनिवार्य र अर्थपूर्ण सहभागिता हुनुपर्ने कुरामा जोड दिएका छन्।

यसै बीच सिरहाको लहानमा द्वन्द पिडित महिलाहरुको समस्या सामाधानका लागि महिला शान्ति संवाद कार्यक्रम सम्पन्न भएको छ । " न्याय को पर्खाइ ,कहिले सम्म ? " भन्दै नागरिक आवाजको आयोजना तथा मुक्ति नेपाल गोलबजारको सहकार्यमा आयोजित उक्त कार्यक्रमा स्थानीय तहलाई  द्वन्द पिडित परिवारहरुको अवस्था बारे जानकारी गराइएको थियो ।  सिरहा ,सप्तरी ,उदयपुर र धनुषाका जनयुद्धमा घाइते का परिवार, द्वन्द पिडित परिवारका महिलाहरुले कार्यक्रमा उपस्थित ५ वटा नगरपालिका बाट आउनु भएका उप -प्रमुख , सरोकारवाला तथा संचारकर्मीहरुलाई आ-आफ्नो पिडा तथा वेदना सुनाएका थिए । उनीहरुले हाल सम्म आफूहरुले कुनै पनि राहत नपाएको र संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकार पनि बहिरो भैसकेको गुनासो गरे का छन् ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.