शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेएस मुरारका लाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र
आश्वीन १२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असोज १२ - 
सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुुमुखी क्याम्पसले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने प्रदेश २ का दुईवटा क्याम्पसमध्ये जेएस मुरारका बहुुमुखी क्याम्पस लहान पनि पर्न सफल भएको हो ।गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।जेएस मुरारका बहुुमुखी क्याम्पस लहान क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख तुलसी राम पोखरेलले बताउनु भएको छ। क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त प्रमाणपत्र मापदण्ड अनुसारको शैक्षिक क्रियाकलाप अघि बढाइने प्रमुख पोखरेलको भनाइ छ ।

क्याम्पस प्रमुख पोखरेलका अनुसार गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गर्नको लागि लगातार चार वर्षसम्म आवश्यक शैक्षिक भौतिक मापदण्ड पुरा गरेपछि विश्वविद्यालय अनुदान आयोगले एक कार्यक्रमको आयोजना गरी  प्रदेश २ को  गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त दोश्रो क्याम्पसको रुपमा सफल भएकोमा यस क्याम्पसले प्राविधिक धारका संकायहरु स्वायत रुपमा संचालन गरी समयको माग अनुसारको शिक्षा दिन बाटो खुलेको छ। पाँच वर्षको लागि गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त यस क्याम्पसले अझै जिम्मेवार भएर शैक्षिक भौतिक लगायतका विकासमा सजग भएर अघि नबढे पाँच वर्षपछि  यो मान्यता गुम्न सक्ने अवस्था समेत रहेकोले क्याम्पसको प्रगतिमा लाग्नुको अर्को विकल्प नरेहेको बताउनु भयो।

यसै बीच क्याम्पसले (क्युएए) प्रमाण -पत्र प्राप्त गरेको अवसरमा विश्व पर्यटन दिवसका दिन र्याली निकालेका छन्। क्याम्पसमा अध्यनरत सम्पूर्ण छात्रछात्रा लगायत शिक्षकहरुको उपस्तिथिमा निकालिएको उक्त र्याली लहान बजारको परिक्रमा गरि पुन: क्याम्पसमा गई कोण सभामा परिणत भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.