शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यामाहाको विनर लाई एक लाख पुरस्कार हस्तान्तरण
आश्वीन ३०, २०७६ | फिरोज शेख

लहान २०७६ असोज ३० - 
यामाहाको भिक्ट्री योजना अन्तर्गत एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने सप्तरी कडरबोना निवासी जहिरा खातुन लाई एक लाखको चेक हस्तान्तरण गरिएको छ। यामाहा मोटरसाइकल तथा  स्कुटरका लागि यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानमा विजया दशमीको शुभ अवसर पारेर यामाहा भिक्ट्री योजना अन्तर्गत सप्तरी कडरबोना निवासी मोहम्मद जाविद राइनले आफ्नो पत्नी जहिरा खातुनको नाममा यामाहा एस जेड आर मोटरसाइकल खरिद गर्नु भएको थियो।यामाहा भिक्ट्री योजनाको पहिलो लक्की ड्र अन्तर्गत  उहा प्रदेश २ को   पहिलो विजेता हुनु भएको छ। उहालाई एक कार्यक्रमका बीच एस एस अटो सेन्टर लहानका संचालक संजिव साहको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट जहिरा खातुन लाई एक लाखको चेक हस्तान्तरण गरिएको छ।  यामाहा स्कुट र मोटरसाइकल खरीद गर्ने लाई हरेक दिन गरिने लक्की ड्रबाट एक लाख नगद जित्ने मौका रहेको एस एस अटो सेन्टर लहानका संचालक संजिव साहले जानकारी दिएका छन्।साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ।यामाहाको शोरुममा बाइकको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न दिनहु सयौंको संख्यामा ग्राहकले भ्रमण गरिरहेको समेत उहाले जानकारी दिनुभयो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.