शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाणिज्य संघद्वारा स्वागत कार्यक्रम सम्पन्न
कार्तिक ८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक ८ - 
जिल्ला उधोग वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानले नेपाल हृदयरोग निवारण संघमा आवध डाक्टरहरु लाई एक कार्यक्रमको आयोजा गरि स्वागत तथा सम्मान गरेका छन् । शहिद गंगा लाहल हृदयरोग केन्द्र , के एम सी  एलुमेनी संघ तथा जर्मनी बाट विषेशज्ञ डाक्टर टोलिहरु द्वारा लाहानमा आयोजित एक दिने निशुल्क शिविरमा आउनु भएका डाक्टर बाल कृष्णा चौधरी, डाक्टर राजेश साह लगायत टोलीमा आवध स्वास्थ्यकर्मीहरुलाई वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानका वर्तमान अध्यक्ष अशोक लाल अमात्य , पुर्व अध्यक्ष निरस चौधरी,अशोक अग्रवाल लगायतका पदाधिकारीहरुले टिका, खादा लगाएर स्वागत गर्दै सम्मान गर्नु भएको छ। स्वागत तथा सम्मान कार्यक्रममा लायन्स कल्वका धरणीधर अधिकारि , पाण्डव हमाल ठकुरी लगायत लहान सिटि जेसिजका अध्यक्ष राजु मण्डल , जेसिजका पुर्व अध्यक्ष राकेश झा, लहान अस्पतालका मेडिकल अफिसर डाक्टर बृजेंद्र कुमार साह , संचारकर्मी फिरोज शेख लगायत विभिन्न संघ संस्थामा आवध पदाधिकारीहरुको उपस्तिथी रहेको थियो ।कार्यक्रममा लहान क्यान्सर अस्पताल र हृदयरोग निवारण संघका विषयमा छलफल गरिएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.