शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोल्डेन फ्युचरको ९ औ वार्षिक उत्सव सम्पन्न
कार्तिक ८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक ८ -  
सिरहाको लहानमा अवस्थित लहान गोल्डेन फ्युचर एजुकेशनल एकेडमीले सफलता पुर्वक ९ औ वार्षिक उत्सव मानाएका छन्। विधालयले आफ्नो ९ औ वार्षिक उत्सवको अवसर पारेर एक कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्ट भएका छात्रछात्राहरु लाई पुरस्कार तथा सम्मान गरेका छन्। लहान गोल्डेन फ्युचर एजुकेशनल एकेडमीका संस्थापक अध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्यावसन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको प्रमुख आतिथ्य र  वडा नम्बर २ का वडा अध्यक्ष सियाराम यादव ,लहान नगरपालिका समाजिक विकास शाखा प्रमुख भानुराज शर्मा , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख, राजु तिवारी , गायक सरोज सन्त , एकेडमीका प्रिन्सिपल रिता कुमारी यादवको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै प्रदेश २ र यस नगरपालिकालाई समृद्ध बनाउन शिक्षामा फड्को मार्न जरुरी रहेको बताउदै  शिक्षाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने आवस्यकता रहेको बताउदै प्रदेश २ लाई शिक्षाको हवको रुपमा विकास गर्नु पर्ने बताए । अभिवावक , विधार्थी र विधालयका गुरुहरुबिच शिक्षाका विषयमा समन्वय राम्रो भएमा शिक्षाको गुणस्तर उकासीन समय नलाग्ने वक्ताहरुको तर्क थियो । लहान नगरपालिका वडा नम्बर २ मिलन चौकमा अवस्थित गोल्डेन फ्युचर एकेडमीमा १५० जना विद्यार्थी अध्यनरत छन् भने  कक्षा ७ सम्म संचालन हुदै आइरहेको छ।  कार्यक्रममा विधार्थी तथा गायक सरोज सन्तले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.