शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न
कार्तिक २१, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक २१ - 
सडक दुर्घटनामा परि नेपालमा दिनहु ६ देखि ७ जनाले ज्यान गुमाई रहेको तथ्यांक आइरहेको बेला दुर्घटनामा परि ज्यान गुमाउनेहरुको मृत्युदर न्यूनीकरण गर्न प्रदेश २ को राजधानी जनकपुरमा एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ। हेल्थ टास्क प्रदेश २ नेपालको आयोजना तथा अर्थोपेडिक एण्ड ट्रमा फाउन्डेशन नेपाल , नेपाल ट्रमा सोसाइटी ,एओ एलायन्स स्विजरल्याण्ड , अन्तर्राष्ट्रिय संकायहरु जर्मनी ,इंगलाण्ड ,इन्डिया र न्युजिलांडको सहकार्यमा आयोजित एक दिने गोष्ठीमा प्रदेश २ मा दिनहु सडक दुर्घटनामा परि चोटपटक बाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई कसरि जीवन दिने र दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या कसरि घटाउने बारे छलफल तथा अन्तरक्रिया गरिएको छ। हेल्थ टास्क प्रदेश २ नेपाल,अर्थोपेडिक एण्ड ट्रमा फाउन्डेशन नेपाल , नेपाल ट्रमा सोसाइटी ,एओ एलायन्स स्विजरल्याण्ड , अन्तर्राष्ट्रिय संकायहरु जर्मनी ,इंगलाण्ड ,इन्डिया र न्युजिलांड लगायत विभिन्न स्वास्थ्य संस्था बाट कार्यक्रमा सहभागी भएका २५ जना विशेषज्ञ डाक्टरहरुको छलफल बाट प्रदेश २ मा सडक दुर्घटना बाट हुने मृत्यु दर घटाउन पारामेडिक र डाक्टरहरु लाई तालिम दिने , प्रहरी संग सहकार्य गरि स्कुल तथा क्याम्पसहरुमा सडक सुरक्षा सम्बन्धि तालिम तथा क्रियाकलाप गर्ने, हरेक ६ महिना तथा वर्षे पिछे ट्रमा समबन्धित वर्कशप गरि तथ्यांक संग्कलन तथा विश्लेषण गरि सरकारी तवर बाट पहल र न्यूनीकरण गर्ने लगायतका निर्णयहरु गरिएको नेपाल ट्रमा सोसाइटीका अध्यक्ष तथा सप्तऋषि अस्पताल लहानका मेसु डाक्टर शुभाष बाबु साहले जानकारी दिनुभयो। यसै बीच हेल्थ टास्क प्रदेश २ नेपालका अध्यक्ष डाक्टर राम केवल साह र कार्यक्रम संयोजक डाक्टर रमेश प्रसाद सिंहले उपस्थित सम्पूर्ण डाक्टर तथा सहयोगीहरु लाई प्रमाण -पत्रले सम्मान गर्नु भएको थियो।

पछिल्लो आर्थिक वर्ष ०७५/७६ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा भएका १ सय ९९ वटा सडक दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक सय १७ जना गम्भीर घाइते भएका छन् । त्यस्तै एक सय ७८ जना घाइते छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले यस अवधिमा ट्रक, ट्यांकर, ट्रिपर, बस, जिप÷कार, मोटरसाइकल लगायत सवारीसाधन दुर्घटनामा परेको बताए । सबैभन्दा बढी १ सय  ९ वटा मोटरसाइकल दुर्घटनामा परेको उनले जानकारी दिए । ‘ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन, प्रहरीको आँखा छलेर हेलमेट नलगाई तीन–चारजनासम्म चढ्ने, सवारीचालक अनुमतिपत्रसमेत नलिएका व्यक्तिले समेत चलाउनेलगायतका कार्यले मोटरसाइकल दुर्घटना बढी भएको हो। प्रहरीका अनुसार पछिल्लो एक वर्षमा भएका सडक दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेमा पुरुषको संख्या बढी छ । उक्त अवधिमा भएका दुर्घटनामा मृत्यु हुने ८७ मध्ये ७० जना पुरुष छन् । त्यस्तै, गम्भीर तथा सामान्य घाइते १ सय ७८ मध्ये १ सय ४२ जना पुरुष रहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । दुर्घटनामा १२ महिला र पाँच बालबालिकाको मृत्यु भएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.