शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिपिएल टि - 20 को उपाधि माथि आयोजकको कब्जा
कार्तिक २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक २६ - 
सिरहा नरहामा आयोजित सिपिएल टि - 20 क्रिकेट प्रतियोगिताको उपाधि माथि आयोजक तराई युवा क्लवले कब्जा गरेका छन।२०७६ असोज ३० गते देखि १६ वटा सहभागी टिम सहित नहरा गाउँपालिका वडा नम्बर ३ नया चौहर्वामा आयोजना भएको सिपिएल टि - 20 प्रतियोगिताको फाइनल खेलमा रमौल क्रिकेट कल्व लाई १ विकेटले हराउदै उपाधिमाथि कब्जा गर्न सफल भएका छन। टस जितेर पहिला ब्याटिंग गर्दै रमौलले निर्धारित २० ओभरमा १४० बनाएकोमा आयोजक टिमले १९ ओभर ५ बलमा ९ विकेटको क्षतिमा १४३ रन बनाउदै जित हात पारेका छन। समाजवादी पार्टीका पुर्व जिल्ला सदस्य तथा एल आर एल ल्याबोरेट्री लहानका संचालक विजय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता टिम लाई प्रमुख अतिथि यादवको हात बाट नगद रु,२१ हजार, शिल्ड,मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ। भने उप -विजेता टिम लाई नगद रु ,११ हजार ,शिल्ड,मेडल र प्रमाण - पत्र प्रदान गरिएको आयोजकले जानकारी दिएका छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.