शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रियंका द्वारा यामाहा शो रुमको उदघाटन
कार्तिक २८, २०७६ | फिरोज शेख

लहान २०७६ कार्तिक २८ विहिबार 
उदयपुरको कटारी नगरपालिका ४ स्थित यामाहाको शोरुमको चर्चित नायिका प्रियंका कार्कीले उदघाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच नायिका कार्कीले शोरुमको रिबन काटेर उदघाटन गर्नुभएको हो । कटारी बजारमा १३ वर्ष पहिले बजारकै सबैभन्दा पहिलो मोटरसाईकल शोरुम राखेको यामाहाले परिष्कृत रुपमा विकास गर्दै बुधबार  वृहत शोरुमको औपचारिक रुपमा नायिका कार्कीबाट उदघाटन गराएको हो । उदघाटनको अवसरमा ३ दिन मेघा एक्चेन्ज अफर सहित सबै कम्पनीका मोटरसाईकल एक्सचेन्ज गर्दा बजारको प्रचलित मूल्य भन्दा थप १५ हजार मुल्याङ्ग्कन दिनुका साथै नयाँ मोटरसाईकलहरुमा समेत अफरहरु रहेको एसएस अटो सेन्टर ( यामाहा मोटरसाइकल ) शो रुमका प्रोपाईटर संजिव कुमार साहले बताउनुभयो ।

कार्यक्रममा कटारी नगरपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष कृष्ण राज दनुवार , उदयपुर उद्योग वाणिज्य संघका महासचिव जमान वस्नेत , समाबेशी एफएमका स्टेसन म्यानेजर सन्जु राउत लगायतका सञ्चारकर्मीहरु अतिथिका रुपमा सहभागी भएका थिए।कार्यक्रममा कटारीका स्थानिय कलाकारहरुले नृत्य एवम् गायन समेत प्रस्तुत गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.