शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खेल स्वास्थ्यका लागि अति आवश्यक - प्रदेश प्रमुख यादव
कार्तिक २८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक २८ - 
सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोल निवासी प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनु भएको छ। विहिबार सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश प्रमुख यादवले उक्त कुरा बताउनु भएको छ। 

कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै उहाले , ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ । खेलले मानिसलाई उर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वस्थ र गतिशील तुल्याउँछ। खेलका लागि राज्यले पनि आफ्नो लगानी बढाउन जरुरी रहेको बताउदै उहाले युवा देशका कर्णधार हुन् र उनीहरुलाई देश विकाश र समृद्धिका लागि केहि नकेहि क्रियाकलापमा संलगन गराई रहनु पर्ने बताउदै युवा लाई लागु औषध दुर्व्यसनीमा नफसन आग्रह आग्रह गर्नुभयो।’ नेपाली समाजमा खास गरी साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले लागू पदार्थको दुरुपयोग बढ्दै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो। 

सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवले खेल सिकाईको एउटा दरिलो माध्यम पनि भएको तर्क गर्नु भयो। बालबालिकाहरूले त खेलकै माध्यम द्वारा धेरै कुरा सिकिरहेको बताउदै समाजमा घुलमिल हुन, अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता-असफलता, धैर्यता जस्ता सिपको विकास खेलको माध्यम द्वारा  हुने गर्छ र खेल खेली हुर्केका बालबालिकाहरू हँसिला, मिलनसार, रमाइलो, सहयोगी, आत्माविश्वासी हुने गरेको उहाले बताउनु भयो। 

विस २००० सालमा सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकाम स्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका हुन्  । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नु भएको छ। यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेलमा हालिएको थियो। त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेर आफ्नो कार्यलाई निरन्तरता दिदै विस २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए । ७६ वर्षीय यादवले २०५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि पराजीत भएका थिए । विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताइन्छ  । उहा राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । 

यसै बीच कार्यक्रमा उपस्थित ईलाका प्रहरी कार्यलय लहानका डिएसपी भेषराज रिजालले विशिष्ट अतिथिको आसन बाट बोल्दै भन्नु भयो " मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुनुका साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत खेलले ठुलो सहयोग पुर्‍याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आफ्नो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले  आफ्नो मनको गोप्य कुरा समते खेलको माध्यम द्वारा व्यक्त गरिरहेको समेत एक तथ्यांकले देखाएको छ। खेललाई मानसिक रोग तथा मनोवैज्ञानिक समस्याको उपचार पद्धतिको रुपमा प्रयोग गरिन्छ । जसलाई (प्ले थेरापी) भनिन्छ । खेल खेल्दा मष्तिस्कबाट निस्कने  ‘एन्डोरफिन’ रासायनिक तत्वले हाम्रो मुडलाई राम्रो बनाउने भएको हुँदा हाम्रो जीवनलाई सार्थक र सवल बनाउन खेलकुद अति आवश्यक रहेको उहाको तर्क थियो।

कार्यक्रममा एबी मल सिरहा सुपर मार्केट गोलबजारका संचालक जागिर अन्सारी, सशत्र प्रहरी वेसक्यामका डिएसपी अर्जुन सापकोटा , प्यावासनका केन्द्रिय सदस्य श्याम सुन्दर साह,लहान सिटि जिसिजका वर्तमान अध्यक्ष राजु मण्डल ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायत प्रतियोगितामा सहभागी लहान नगरपालिका भित्र रहेका सहभागी १९ वटा स्कुलहरुका खिलाडी तथा शिक्षक,विद्यार्थी संगै संघ संस्थाहरुको उपस्तिथी रहेको थियो। 

प्रतियोगितामा विजेता हुने स्कुललाई नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने छन् ,भने उप-विजेता स्कुललाई नगद रु,१५  हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजक लहान क्रिकेट क्लवका कार्यकारी अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए। लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा आयोजना भईरहेको प्रतियोगितामा प्रत्येक म्यान अफ द म्याच भएका खिलाडी लाई एक जोर स्पोर्ट शु , त्यस्तै बेष्ट ब्याट्सम्यान , बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डर लाई एबी मलको तर्फ बाट ३ हजारको सपिङ्ग भाउचर र म्यान अफ द सिरिज हुने खिलाडी लाई ५ हजारको सपिङ्ग भाउचर प्रदान गरिने प्रतियोगिताका संयोजक सुमित चन्द्रदेवले जानकारी दिए। 

यसै बीच आज भएको मनकामना बोर्डिंग स्कुल र लोर्ड बुद्ध स्कुल बिचको उद्घाटन खेलमा लोर्ड बुद्ध स्कुललाई पराजित गर्दै विजय भएका छन्। टस जितेर जितेर पहिला ब्याटिंग गरेका १४ ओभर २ बल खेल्दै ७२ रनमा अल आउट भएका थिए।लोर्ड बुद्धको तर्फ बाट अनिल यादवले २७ बल खेल्दै २८ रन,नितेशले १५ बल खेल्दै १० रन जोडन सफल भए पनि अरु ब्याट्सम्यानले दोस्रो अंक छुन सकेन। मनकामना स्कुलको तर्फ बाट भगवती यादवले घातक बलिङ्ग गर्दै ३ ओभर २ बलमा मात्र ७ रन खर्चेर ५ विकेट लिन सफल भएका छन् भने अभिषेक साहले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। 

जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका मनकामना स्कुलका अभिषेक साहले उत्कृष्ट प्रदर्शन गर्दै २५ बलमा ५१ रन बनाउदै मनकामना स्कुललाई जिताउन सफल भएका छन्। मनकामनाले मात्र ६ ओभर ३ बलमा २ विकेटको क्षतिमा ७३ रन बनाउदै ८ विकेटले पहिलो जित दर्ज गरेका छन्। खेलको निर्यायक एम्पायरमा संजय चौधरी र पंकज गोस्वामी रहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.