घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ
फिरोज शेख लहान २०७६ मंसिर २ -
भारतीय नागरिकलाई घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ पक्राउ परेका छन्।पक्राउ पर्नेहरुमा जिल्ला सिरहा साविक बडहरामाल गा।वि।स। वडा नं। ७ हाल धनगढीमाई नगरपालिका वडा नं। १० धनगढी टोल वस्ने बर्ष ३८ को फुलगेन साह ,धनगढीमाई नगरपालिका वडा नं। ११ बस्ने बर्ष १९ को राम कुमार साह ,मिर्चैया नगरपालिका वडा नं। ४ बस्ने बर्ष २० को जितेन साह ,जिल्ला धनुषा कमला ननगरपालिका वडा नं। ६ सखुवामडान बस्ने बर्ष २५ को अजय कुमार महतो र सोहि ठाउँ बस्ने बर्ष २१ को राजलाल महतो रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले पत्रकार सम्मेलन अभियुक्तहरुलाई सार्वजनिक गरेको छ।
मिति २०७६ कार्तिक २१ गते विहान ८ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर, गम्हरिया स्थित कमलानदीको पूर्वी तटबन्धको बाँधको छेउमा एक जना अपरिचित व्यक्तिको लाश छ भनी प्रहरीमा सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, सिरहाबाट अनुसन्धान टोली खटि गई लाशको मुचूल्का लगायत आवश्यक कानूनी प्रक्रिया पुरा गरी लाशको सनाखतको लागि विभिन्न माध्यम (भारतवाट समेत)बाट हुलिया परिपत्र गरिएकोमा हुलियाको आधारमा लाशको सनाखत भई मृतक देश भारत, विहार राज्य, जिल्ला मधुवनि, थाना ललमनिया ग्राम, वेल्हा पञ्चायत कारमेघ पश्चिम वडा नं, ६ बस्ने घुरन यादवको छोरा बर्ष ४० को राज कुमार यादव रहेको खुल्न आएको थियो। मृतकको श्रीमती सँग सनाखत गराई बुझ्दा मृतक राज कुमार यादव झाक्रिको काम गर्ने र सो क्रममा नेपाल समेतमा आउने जाने गरेको जिल्ला प्रहरी कार्यलयको अनुशन्धान बाट पता लाग्यो।
झारफुक कै क्रममा जिल्ला सिरहा बडहरामाल गाविस वडा नं, ७ हाल धनगढीमाई नगरपालिका वडा नम्बर १० धनगढी टोल वस्ने बर्ष ३८ को फुलगेन साह सँग चिनजान भई घनिष्ठ सम्बन्ध रहेको अनुशन्धान बाट खुलेको हुँदा सोही क्रममा फुलगेन साहले राज कुमार यादव (झाक्रि) लाई केही रकम साँपटी दिई निज राज कुमार यादव (झाक्रि) को छोरीको बिवाह समेतमा केही रकम खर्च गरेका थिए । फुलगेन साहको माध्यमबाट राज कुमार यादव (झाक्रि) को चिनजान जिल्ला धनुषा कमला नगरपालिका वडा नं,६ वस्ने अजय कुमार महतो, जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं, ११ वस्ने राम कुमार साह सँग भएको र झाक्रिले सबै सँग पैसा लिई भुत भगाउन झारफुक गरेको तर कसैको पनि झारफुकबाट विरामी सन्चो नभएको र झाक्रिले उल्टै जादुमन्तर लगाई समस्या बढाएको भनी गुनासो आएको हुँदा फुलगेन साहले झाक्रि राज कुमार यादवसँग सापटी दिएको रकम फिर्ता माग्दा लेनदेनमा विवाद भई सम्बन्ध विग्रि झाक्रि राज कुमार यादवले फुलगेन साहलाई मार्ने धम्कि राम कुमार साहलाई मोवाइलबाट दिएको र सो कुराको जानकारी राम कुमार साहले फुलगेन साहलाई गराएकोले फुलगेन साह, निजको भतिजो जितेन साह, राम कुमार साह समेत मिलि झाक्रि राज कुमार यादवलाई मार्ने योजना बनाई अन्य साथीहरु सँग समेतको सहयोगमा मिति २०७६ कार्तिक २० गते साँझ ६ बजेको समयमा झाक्रि राज कुमार यादवलाई सिरहा नगरपालिका वडा नं। १२ सारस्वर, गम्हरिया स्थित कमलानदीको पूर्वी तटबन्धको बाँधमा बोलाई घाटी रेटी ,शरिरको विभिन्न स्थानमा खुकुरीले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
फुलगेन साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा राम कुमार साह र जितेन साहको बारेमा खुलाएकोमा दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा राम कुमार साहले अजय महतो र राज लाल महतोको पनि संलग्नता रहेको भनि खुलाएको जिल्ला प्रहरी कार्यलय सिरहाले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्। राम कुमार साहले घटनामा प्रयोग भएको खुकुरी र जितेन साहले लगाएको सर्ट लुकाई फालेको सारस्वार बेलहा जाने बाटोको कल्भट नजीक पानीजमेको स्थानमा फेला परेको, त्यसै गरी अजय महतोवाट मृतकको व्याग र मोवाइल सहित जितेन साहको टि-सर्ट राखेको व्याग धनगढीको पोखरीमा फालेको कुरा खुलेकोले सो स्थानमा समेत उक्त सबुत प्रमाणहरु फेला परेको बताइएको छ । घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक सोधपुछ तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।