शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम समुदायका धर्म गुरु " शेरे नेपालको" निधन
मंसिर १०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १० - 
मुस्लिम समुदायको धर्म गुरु मौलना मोफ्ती मोहम्मद जैश उर्फ शेरे नेपालको सोमबार राति निधन भएको छ। शेरे नेपालको निधनले मुस्लिम समुदाय स्तब्ध भएका छन्। मौलना मोफ्ती मोहम्मद जैश उर्फ शेरे नेपालको नेपालमा मात्रै नभई भारत, मिस्र सहितका देशहरुमा लाखौं प्रशंसक तथा पथप्रदर्शकहरु रहेका छन्। शेरे नेपालको जन्म इस्वी १९४३ मार्च ५ मा प्रदेश २ को स्थायी राजधानी जनकपुरको लोहना बरकत नगर बस्तीमा भएको थियो ।हुने विरुवाको चिल्लो पात भने जस्तै उहा सानै उमेर देखि इस्लाम र इस्लामिक क्रियाकलापमा निकै सक्रिय रहदै भारतको सबै भन्दा ठुलो मुस्लिम समुदायको विश्व विधालय जामिया असर्फिया बाट इस्लामिक शिक्षा हासिल गर्नु भएको थियो। उहाको श्रद्धांजलि तथा अन्तिम संस्कार भोलि बुधबार दिउँसो २ बजे उहाँको जन्मभूमि लोहना सरिफमा हुने भएकोले त्यसमा सहभागी भइ पुन्यको भागी बन्न सम्पूर्ण इस्लाम धर्मलम्बिहरुमा शेख मिडिया हाउस प्रालि , युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहान हार्दिक अनुरोध गरेका छन् । उहाको जनजा ( अन्तिम श्रद्धांजलि) का लागि लहानको वडा नम्बर ५ मा अवस्थित बाख्रा बजार बाट बिहान ७ बजे ३ वटा बस गइरहेको युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहानका अध्यक्ष इसराइल सिद्दिकीले जानकारी दिएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.