शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा लोर्डबुद्ध र जी बि साव विजय
मंसिर १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १३ -
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिबार सम्पन्न २ खेलमा लोर्डबुद्ध स्कुल र जी बि साव स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत लोर्डबुद्ध स्कुल र प्रिन्सटन स्कुल स्कुल बीच सम्पन्न पहिलो खेलमा प्रिन्सटन स्कुलले टस जितेर पहिला बलिङ्ग गर्दै लोर्डबुद्ध स्कुल लाई १० ओभर ५ बलमा अलआउट गर्दै ८३ रनमा समेट्न सफल भएका थिए।  

लोर्डबुद्धका रोशन पासवान २१ बलमा १७ रन, बिकाश यादव ८ बलमा ११ रन र नितेश यादवले ५ बलमा ५ रनको योगदान दिएका थिए । भने बलिङ्ग तर्फ प्रिन्सटन स्कुलका मदन शर्मा २ ओभरमा १५ रन खर्चेर २ विकेट , अमित यादव २ ओभरमा २ विकेट लिएर ११ रन र देवराज  मण्डल २ ओभर ५ बलमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

यसै बीच ८४ रनको लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका प्रिन्सटन स्कुलले ८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउदै ३९ रनमा समेटिएको थियो । प्रिन्सटन स्कुलका लागि देवराज मण्डल १४ बलमा १२ रन , बलराम यादव ६ बलमा ८ रन ,संजय मण्डल ५ बलमा ४ रन बनाउनु बाहेक कुनै पनि खिलाडिले राम्रो प्रदर्शन गर्न सकेन्न र ४४  रनले पराजित भए। प्रिन्सटन स्कुल लाई ३९ रनमा समेट्न लोर्डबुद्धका अनिल यादव ४ ओभरमा १० रन दिएर ५ विकेट , राहुल यादव ४ ओभरमा २७ रन खर्चेर ४ विकेट र रोशन पासवान २ बलमा १ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको लोर्डबुद्धका अनिल यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए।

त्यस्तै प्रतियोगिता अन्तर्गत विहिबार जी बि साव स्कुल र हिमालयन विधा निकेतन स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हिमालयन विधा निकेतन स्कुलले १४ ओभर ५ बलमा सबै विकेट गुमाउदै सम्मान जनक ९६ रन बनाएको थियो। हिमालयन स्कुलका लागि मिथिलेश यादव ४१ बलमा ४१ रन , युवराज मण्डल ११ बलमा १३ रन र शिवम यादवले २ बलमा ४ रनको योगदान दिएका थिए। जी बि साव  स्कुलको तर्फ बाट सोनु मण्डल २ ओभर ५ बलमा १९ रन खर्चेर ४ विकेट,मोनु मण्डल ४ ओभरमा ११ रन खर्चेर २ विकेट र गौरब पर्साइलि ४  ओभर गर्दै २ विकेट लिएका थिए ।

 ९७ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका जी बि साव स्कुलका खिलाडीहरुले १४ ओभर ३ बलमा राम्रो प्रदर्शन गर्दै ९ विकेटको क्षतिमा ९८ रन बनाउदै विजय भएका थिए। जी बि सावका तर्फ बाट सोनु मण्डल १९ रन , सुजित कामति १८ रन र अजेजुल राइनले ५ रन बनाउदै जी बि साव लाई १ विकेटले विजय बनाए । हिमालयन स्कुलको तर्फ बाट मिथिलेश यादव ४ ओभरमा १७ रन खर्चेर ४ विकेट , हर्षित सोनीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सुभन यादव ४ ओभरमा २९ रन खर्चेर २ लिए पनि आफ्नो टिम लाई जोगाउन सकेन्न।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जी बि साव स्कुलका सोनु मण्डल म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा देवेन्द्र साह र सुमित चन्द्रदेव रहेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.