शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा शारदा र हिमालयन स्कुल विजय
मंसिर १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १६ -
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न २ खेलमा श्री शारदा नमुना स्कुल र हिमालयन विधा निकेतन स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत श्री शारदा स्कुल र रोयल सफ्टेक स्कुल बीच सम्पन्न पहिलो खेलमा शारदा स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै १८ ओभर ५ बलमा सबै विकेट गुमाउदै ११९ रनको सम्मान जनक योगफल तयार गरेका थिए।

शारदाका लागि अरविन्द यादव ४० बलमा ३८ रन, नविन यादव २२ बलमा २९ रन र रुपेश यादव १६ बलमा ८ रन बनाएका थिए। रोयल सफ्टेकको तर्फ बाट शिव चरण कामैत ४ ओभरमा २७ रन खर्चेर ३ विकेट , कुन्दन ठाकुर ३ ओभर ५ बलमा २ विकेट लिएर १३ रन र बिक्रम चौधरी ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

यसै बीच १२० रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका सफ्टेक स्कुल १० ओभर ५ बलमा अल आउट हुँदै ५५ रनमा समेटिएका थिए। सफ्टेक स्कुलका लागि नबिन साह ११ बलमा १५ रन , धर्मेन्द्र यादव १९ बलमा १५ रन र विक्रम चौधरीले ८ बलमा ५ रन बनाउनु बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेन्न र श्री शारदा स्कुल ६४ रनको फराकिलो अन्तरले विजय भए। बलिङ्ग तर्फ शारदा  स्कुलका अजित साह ३ ओभरमा ४ रन खर्चेर २ विकेट , नविन यादव २ ओभरमा २२ रन खर्चेर २ विकेट र रोशन यादव २ओभर ५ बलमा ८ रन खर्चेर ३  विकेट लिन सफल भएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए,भने म्याच रेफ्री सुमित चन्द्रदेव ,कमनटेटर राधे मण्डल ,अजय मण्डल रहेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत आइतबार नै सम्पन्न हिमालयन विधा निकेतन स्कुल र ग्लोवल एकेडमी स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हिमालयन स्कुलले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै १२६ रनको योगफल तयार गरेको थियो । हिमालयन स्कुलका लागि मिथिलेश यादव १५ बलमा १९ रन , रुपेश यादव २१ बलमा १८ रन र रोशन चौधरीले २१ बलमा १० रनको योगदान दिएका थिए। यता  ग्लोवल स्कुलको तर्फ बाट सुनिल यादव २ ओभर ५ बलमा ५ रन दिएर ३ विकेट ,कृष्णा यादव  ४ ओभरमा १७ रन दिएर २ विकेट र मोहम्मद  आजाद  ४ ओभरमा २७ रन दिएर ३ विकेट लिएका थिए ।

यसै बीच १२७ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका ग्लोवल स्कुलका खिलाडीहरुले १६ ओभर ४ बलमा सबै विकेट गुमाउदै ८५ रनमा समीटिदै ४१ रनले पराजित भए। ग्लोवल स्कुलका तर्फ बाट मोहम्मद सुभान खान १६ बलमा १५ रन, कारण यादव १३ बलमा २८ रन र सुनिल मण्डल १३ बलमा ५ रन बनाउदै पराजित भएका छ। ग्लोवल स्कुल लाई ८५ रनमा रोक्न हिमालयन स्कुलको तर्फ बाट हर्षित सोनी ४ ओभरमा १४ रन दिएर ३ विकेट , मिथिलेश यादव ३ ओभर ४ बलमा १३ रन दिएर २ विकेट र रोशन चौधरी २ ओभरमा १ रन दिएर १ विकेट लिन सफल भएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका हिमालयन स्कुलका मिथिलेश यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा देवेन्द्र साह र संजय चौधरी रहेका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.