शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा शारदा र हिमालयन स्कुल विजय
मंसिर १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १७ -
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न २ खेलमा श्री शारदा नमुना स्कुल र हिमालयन विधा निकेतन स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत श्री शारदा स्कुल र सल्हेश फुलबारी स्कुल बीच सम्पन्न पहिलो खेलमा सल्हेश स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै ९ ओभरमा सबै विकेट गुमाउदै ४१ रन बनाएका थिए।

सलहेस फूलबारीका लागि आशिष चौधरी १६ रन, प्रथम यादव ८ रन र श्याम सुन्दर साहले ४ रन बनाएका थिए। शारदाको तर्फ बाट नबिन यादव एक ओभर मेडन सहित ४ ओभरमा २३ रन खर्चेर ६ विकेट लिन सफल भएका थिए,भने सर्विन यादव २ विकेट लिएर १३ रन र रोशन यादव १ विकेट लिन सफल भएका थिए ।

यसै बीच ४२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका शारदा स्कुलका खिलाडिहरुले ७ ओभर ५ बलमा २ विकेट गुमाई ४३ रन बनाउदै सल्हेश स्कुललाई ८ विकेटले पराजित गरेका छन। शारदा स्कुलका लागि नबिन यादव २४ रन , अरविन्द यादव ६ रन र अन्य अतिरिक्त रनको मद्दतले ८ विकेटले विजय भए। बलिङ्ग तर्फ सल्हेश स्कुलका हृदय नारायण यादव १ विकेट र विवेक साह १ विकेट लिएर चित्त बुझाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको श्री शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र सुमित चन्द्रदेव रहेका थिए। 

त्यस्तै प्रतियोगिता अन्तर्गत सोमबार नै सम्पन्न हिमालयन विधा निकेतन स्कुल र मोडर्न आदर्श स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हिमालयन स्कुलले निर्धारित २ओ ओभर खेल्दै ८ विकेटको क्षतिमा सम्मान जनक १०५ रन बनाएका थिए । हिमालयन स्कुलका लागि रुपेश यादव २९ रन , साहिल महतो १९ रन र रोशन चौधरीले ७ रनको योगदान दिएका थिए। यता मोडर्न स्कुलको तर्फ बाट मनिष यादव ४ विकेट ,अभिषेक यादव १ विकेट र कृष्णा रामले १ विकेट लिएका थिए ।

यसै बीच १०६ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका मोडर्न स्कुलका खिलाडीहरुले १३ ओभर ४ बलमा सबै विकेट गुमाउदै ५८ रनमा अल आउट हुदै ४७ रनले पराजित भए। मोडर्न स्कुलका तर्फ बाट अभिषेक यादव १७ रन,मनिष यादव ५  रन र अजय यादव ४ रन बनाएका थिए। मोडर्न स्कुल लाई ५८ रनमा रोक्न हिमालयन स्कुलको तर्फ बाट हर्षित सोनी ३ विकेट , मिथिलेश यादव २ विकेट र रोशन चौधरी २ विकेट लिन सफल भएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका हिमालयन स्कुलका हर्षित सोनी म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा सुमित चन्द्र देव र संजय चौधरी रहेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.