शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेकपाले २५ गते पतारी गापामा तालाबन्दि गर्ने
मंसिर १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १७ - 
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लक्ष्मीपुर पतारिले  गाउपालिका कार्यलयले नेपाल सरकार स्थानीय सरकार संचालन ऐन नियम विपरित क्रियाकलापहरु भइरहेको हुँदा यस्ता क्रियाकलाप तत्काल बन्द गर्न १० बुँदे मांग र बिरोधका कार्यक्रम सहित लक्ष्मीपुर पतारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत  रविन्द्र कुमार महत लाई ज्ञापन-पत्र बुझाएका छन। ज्ञापन पत्रमा  जिल्ला समन्वय समिति सिरहा , जिल्ला प्रशासन कार्यलय सिराहा ,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनकपुर ,जिल्ला प्रहरी कार्यलय सिरहा र ईलाका प्रहरी कार्यलय लक्ष्मीपुर पतारी लाई बिधार्थ राख्दै २०७६ मंसिर २० गते शुक्रबार विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा गाउपालिका भवनमा धर्ना,विशेष गाउँ सभा स्थगित नभए मंसिर २२ गते आईतबार नारा जुलुश सहित विभिन्न कार्यक्रमको आयोजना गर्ने र ज्ञापन-पत्रमा उल्लेख भएका मांगहरु सम्बोधन नगरीए २५ गते बुधबार लक्ष्मीपुर पतारी गाउपालिकामा तालाबन्दी गर्ने लगायतका कार्यक्रमहरु तय भएको नेकपा लक्ष्मीपुर पतारीका विवेक परियारले जानकारी दिएका छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.