शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रादेशिक संगीत यात्रा भव्यताका साथ् सम्पन्न
मंसिर २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २२ - 
प्रादेशिक संगीत यात्रा जनकपुरधाममा भव्यताका साथ् सम्पन्न भएको छ। सनिबार जनकपुरधामको तिरहुतिया गाछी मैदानमा भव्यताका साथ   प्रादेशिक संगीत यात्रा सम्पन्न भएको हो । मंसिर १४ गते हुने भनिएको संगीत यात्रा प्राविधिक कारण बस मंसिर २१ गतेका लागि सारिएको थियो। एस।राज प्रोडक्सनको आयोजनामा आयोजित प्रादेशिक संगीत यात्राको उद्घाटन प्रदेश २ का कानुन राज्य तथा व्यवस्थापन मन्त्रि सरोज सिंह कुशवाहाले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रुपमा भोजपुरी फिल्मकी चर्चित अभिनेतृ रानी चटर्जीले उपस्थित दर्शक लाई आफ्नो अभिनय तथा निर्त्यले भरिपूर्ण मनोरंजन गराउदै नाचन बाध्य बनाएकी थिइन्।


यस्तै नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, संगीतकार सन्तोष राज ,गायक सन्नु कुमार, सरोज सन्त, रुद्र सेन विश्वकर्मा , कलाकार भरत शाह ,कमेडी कलाकार पूजा जनकपुबाली , पूजा ठाकुर , मन्जय अन्सारी,सरोज मुखिया, सितल कार्की,मुकेश यादव ,पुजा ठाकुर,संजिव सम्राट ,रचना शिवाकोटी ,पुष्पा यादव,लगायतका स्थानीय कलाकारहरुले समेत आ- आफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई झुमएका थिए।कार्यक्रमको उद्घोषण सिकन्दर बाबाले गरेका थिए।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.