शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
मंसिर २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २२ - 
सिरहाको लहानमा अवस्थित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर लहान ७ मा १ दिने एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा हाडजोर्नी नशा तथा ट्रमा सर्जन डाक्टर ओम प्रकाश चौधरी,बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर गीता यादव,डायवेटिज ,थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर प्रताप रोय , छाला ,यौन तथा कुष्ट रोग विभाग बाट अवकास प्राप्त प्रमोद कुमार दास लगायतका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको उपस्तिथिमा हाडजोर्नीका विरामी ४३ जना,डायवेटिजका विरामी २५ जना ,छालाका विरामी ३५ र  स्त्री तथा प्रसुती रोगका विरामी १५ जना गरि ११८ जनाले आ-आफ्नो स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिएका छन्। शिविरमा ल्याव ,एक्स -रे ,फिजियोथेरापीमा २०% र औषधिमा ५ % छुटको व्यवस्था गरिएको डाक्टर ओम प्रकाश चौधरीले जानकारी दिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.