शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सफ्टेक कलेजका विद्यार्थी द्वारा " स्वागत " कार्यक्रम सम्पन्न
पौष १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुष १ - 
लहानमा अवस्थित रोयल सफ्टेक कलेजको कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले आफु भन्दा जुनियर नव आगन्तुक कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई " वेलकम " कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका छन्। सफ्टेक कलेजका संस्थापक अध्यक्ष रेणु देवी साहको अध्यक्षता तथा राष्टिय परीक्षा वोर्ड लहान शाखा प्रमुख पुस्कल खनालको प्रमुख आतिथ्यमा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रको विशिष्ट अतिथि रोयल सफ्टेक कलेजका सस्थापक क्याम्पस प्रमुख डा,महादेव साह अतिथिहरुमा समाजसेवी राजु मुरारका, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , एकेडमिक इस्टिच्युट डाइरेक्टर सत्य नारायण चौधरी, कलेजका शैक्षिक निर्देशक राजबाबु साह लगायत विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधि , शिक्षक , शिक्षिका संगै कलेजका म्यानेजमेन्ट , साइन्स,एजुकेशन,बिबिएस र बिएड आइटी संकायका विद्यार्थीहरु लगायत कक्षा ११ र १२ मा अध्यनरत सैयौ छात्रछात्राहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संचालन कलेजका अध्यापक लाल बिहारी यादवले गर्नु भएको थियो। भने स्वागत मन्तव्य अध्यापक बज्र मोहन अधिकारिले राख्नु भएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्दै रोयल सफ्टेक कलेजको स्थापना काल देखि वर्तमान अवस्था सम्मको मुल्यांकन गर्दै शिक्षाको क्षेत्रमा उल्लेखनीय उपलव्धि हासिल गर्दै नमुना कलेजको रुपमा स्थापित भएकोमा बधाई तथा शुभकामना सहित गुणस्तरीय शिक्षा तथा अध्यापकहरुको मेहिनेतले गर्दा दिन दिनै सफ्टेक कलेज शिक्षाको क्षेत्रमा राम्रो फड्को मार्न सफल भएकोमा प्रशंसा सहित बधाई दिदै आगामी दिनहरुमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वाश समेत व्यक्त गर्नु भयो। 

कार्यक्रममा क्याम्पस प्रमुख डा,महादेव साहले कलेजका नयाँ विद्यार्थीलाई सकारात्मक सोच लिएर आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गर्दै शान्त,पारिवारिक र अनुशासित वातावरणमा अध्ययन अध्यापन गराईने भन्दै भविष्यको सुन्दर कल्पनालाई यथार्थमा परिणत गराउन कलेजले विभिन्न क्रियाकलाप गर्ने गर्दै जाने प्रतिवध्ता व्यक्त गर्दै उहाँले अनुशासित विद्यार्थीले मात्रै आफ्नो लक्ष्य पुरा गर्ने बताउदै विद्यार्थीले मेहनेत र परिश्रम गरेर भावी दिनमा राज्यको एक असल र सक्षम व्यक्ति बन्नुपर्ने बताए। साथै दशौ लाख रुपैया खर्चेर अध्यन गरिने बिआइटी शिक्षाको समानन्तर बिएड आइटी संकाय प्रदेश २ कै एक मात्र सफ्टेक कलेजमा न्यून लागतमा संचालन भइरहेको समेत जानकारी गराउनु भयो । कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका आफ्ना संस्कृतिक प्रस्तुती संगै चेतनामुलक नाटक प्रस्तुत गरेका थिए।

यसै बीच सफ्टेक कलेजमा अध्यनरत कक्षा ११ मा अध्यनरत म्यानेजमेन्ट,साइन्स,एजुकेशन संकायमा टप ३ भएका ३/३ जना र कलेज टप भएका छात्र प्रविन कुमार साह लाई प्रमुख अतिथिको हात बाट सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा म्यानेजमेन्ट तर्फ बाट प्रविन कुमार साह ,संगीता यादव र सुनिल साह, साइन्स तर्फ महेश कुमार यादव ,बिकाश कार्की र बिनय कार्की ,एजुकेशन तर्फ अमिता लिम्बु,कल्पना कुमारी यादव र नगेन्द्र कुमार चौधरी रहेका छन।विगत दुइ दशक देखि निरन्तर संचालित रोयल सफ्टेक कलेजमा अध्यनरत विद्यार्थीहरु मध्ये अहिले सम्म ५० जना भन्दा बढी इन्जिनियर , २० जना भन्दा बढी डाक्टर , बिएससी नर्सिङ्ग, शिक्षा क्षेत्र , पत्रकारिता क्षेत्र , प्रशासनिक क्षेत्रमा कार्यरत रहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.