शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोक्का जग्गा फुकुवाको मांग गर्दै दबाब मुलक र्याली
पौष ३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस ३ - 
लहानको विभिन्न वडामा रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता रहेको रोक्का जग्गा फुकुवाको मांग गर्दै बाल बिटोरी गाउँब्लक जग्गा संघर्ष समिती लहानले बुधबार दवाब मुलक शान्ति र्याली निकालेका छन।लहान ७ स्थित राममन्दिर बाट स्थानीयबासि ,व्यापारी,राजनीतिक दलहरुको उपस्तिथिमा बालबिटोरी र गाउँ ब्लकको जग्गा फुकुवा गर , श्रेस्ता कार्यवयन गर, लालपुर्जा कायम गर लगायतका प्लेकार्ड बोक्दै निस्केको उक्त शान्तिपूर्ण र्याली लहानको विभिन्न भागको परिक्रमा गरि मालपोत कार्यालयमा कोणसभामा परिणत भएको थियो।
कोणसभा लाई सम्बोधन संघर्ष समितीका संयोजक विजय गुप्ता, समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष रोशन गुप्ता ,राजपा नगर अध्यक्ष मो।आलम लगायतले जग्गाधनि पुर्जा वितरण भए पनि नेपाल सरकार द्वारा जग्गा रोक्का राखी जनतालाई दु:ख दिने काम मात्र भएको र विगत ६ महिना देखि केहि सरोकारवाला र राजनीतिक व्यक्तिहरु द्वारा भुमिसुधार मन्त्रालय काठमाडौंमा पटक -पटक दवाब दिदा पनि समस्या जस्ताको त्यस्तै रहेको हुँदा यस गम्भीर समस्यालाई समाधान गर्न नेपाल सरकार समक्ष जोडदार मांग गर्दै लेखापढी व्यवसायिक संघ लहानका अध्यक्ष महेश्वर चौधरी र लहान मालपोत कार्यलयका प्रमुख हरि नारायण चौधरी लाई ज्ञापनपत्र बुझाएका छन। 

संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता र सहसंयोजक रामऔतार शर्मा द्वारा हस्ताक्षरित  ज्ञापन-पत्रमा भुमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरबार काठमाडौं , कृषि ,भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधाम धनुषा, मालपोत विभाग काठमाडौं, नापी विभाग मिन भवन काठमाडौं , लहान नगरपालिका लहान,जिल्ला प्रशासन कार्यलय सिरहा , जिल्ला प्रहरी कार्यलय सिरहा,ईलाका प्रशासन कार्यलय लहान , ईलाका प्रहरी कार्यलय लहान,नापी कार्यलय लहान र नेपाल कानुन तथा लेखा पढी व्यवसाय एशोसिएसन इकाई समिति लहान लाई बोद्दार्थ गरिएको छ।  

यसै बीच लहानका मेयर मुनि साहले जग्गा फुकुवा गर्न मन्त्रालयलाई पत्राचार गरेका छन्। लहान नगरपालिकाले मिति २०७६ पुस २ गतेको मिति उल्लेख गरि लहान नगरपालिका क्षेत्रभित्र रहेका गाउँ ब्लक र बाल बिटोरी जग्गा फुकुवा गर्न भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय सिंहदरबार काठमाडौं लाई पत्राचार गरेको छ ।

जग्गा फुकुवाका लागि संघर्ष समितिले दबाब मुलक र्याली निकाल्दै लहान नगरपालिका लगायत सम्बन्धित सबै निकायलाई बोद्दार्थ गरि पठाएको    ज्ञापनपत्र बुझाएपछि मेयर साहले मन्त्रालयलाई पत्राचार गरेका हुन् । मेयर साह द्वारा हस्ताक्षरित पत्रमा गाउँ ब्लक र बाल बिटौरी जग्गा रोक्काका कारण वास्तविक  जग्गा धनीहरुले हालसम्म जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न नसकेका कारण सर्वसधारण जनताहरु अनाहकमा सास्स्ती र पिरमार्का भोगी रहेको उल्लेख गर्दै रोक्का जग्गा सम्बन्धित जग्गा धनि पुर्जा वितरण तथा हस्तान्तरणको समेत व्यवस्था मिलाई दिनहुन सम्बन्धित मालपोत कार्यालय लहान सिरहालाई पत्राचार गरिदिन मन्त्रालय सँग मेयर साहले पत्रमार्फत अनुरोध गर्नु भएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.