शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्राविधिक शिक्षा नै आजको आवश्यकता : मुख्यमन्त्री राउत
पौष २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस २२ - 
सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव तथा नवनिर्मित प्रमेश्वर मुरारका विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रममा प्रदेश २ का प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले प्राविधिक शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भएको छ । लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव तथा नवनिर्मित प्रमेश्वर मुरारका विज्ञान प्रयोगशाला भवनको उद्घाटन गर्दै प्रमुख अतिथिको आसन बाट बोल्दै उहाले यस्तो बताउनु भएको हो। प्राविधिकि शिक्षाले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयन हुने बताएका छन् । परम्परावादी अप्राविधिक शिक्षाले प्रदेश २ को समृद्धि संभव नभएको भन्दै प्रत्येक विद्यालय,क्याम्पसमा प्राविधिक शिक्षा लागु गर्ने तयारीमा रहेको बताउनु भयो। मुलुकको आवश्यकता अनुरुप प्राविधिक शिक्षा बिस्तार गरे समृद्धिको सपना पूरा हुने उल्लेख गर्दै प्रविधि र सिप विनाको शिक्षाका कारण संसारको विभिन्न मुलुकमा रहेका नेपालीहरुले स्तरीय रोजगार समेत पाउन नसकिरहेकोले तिनै तहका सरकारले प्राविधिक शिक्षामा जोड दिए मुलुकको समृद्धि निश्चित रहेको ठोकुवा गरे। विकासको आधार नै शिक्षा र स्वास्थ्य र कृषि भएकाले सामुदायिक विद्यालय,क्याम्पस र अस्पतालहरुको सुधारको लागि प्रदेश सरकारले ऐन ल्याउन लागेको उहाले बताए। 

यसै बीच कार्यक्रममा प्रदेश २ सरकार परिवर्तनको संकेत गर्दै उहाले मुख्यमन्त्री पदमा म रहुँ वा नरहुँ अरु कुनै पार्टीको सरकार आएपनि बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिनु पर्ने गरी प्रदेश सरकारले आधार निर्माण गरिसकेको भन्दै प्रदेश २ मा प्रत्येक वर्ष जन्मिने २५ देखि २६ हजार छोरीहरुलाई प्रभु बैंकबाट २० वर्षमा एकलाख १५ हजार पाउने रकम थोरै भएकोले यसलाई वढाएर वीस वर्षमा २० लाख  कसरी बनाउने भनि यसको लागि समेत आफू लागि परेको बताउदै जेएस मुरारका क्याम्पसको अवस्था सन्तुलित रहेकोले विश्वविद्यालय र कृषि विज्ञान अध्ययनको पढाई संचालन गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवध्ता जनाए।

यसै बीच विशिष्ट अतिथिको आसनबाट बोल्दै  प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव र दिलिप साहले सामूहिक रुपमा क्याम्पसलाई प्रदेश २ कै नमूना क्याम्पस बनाउन मुख्यमन्त्री राउतको ध्यान आकर्षण गराउदै क्याम्पसलाई शैक्षिक हवको रुपमा विस्तार गर्न सदैव तत्पर रहने विश्वास दिलाउनु भयो। 
त्यस्तै लहान नगरपालिका नगर  प्रमुख मुनि साहले पनि विशिष्ट अतिथिको आसनबाट बोल्दै लहान क्याम्पसको भौतिक र शैक्षिक विकासको लागि नगरपालिका सक्रिय रहदै प्राथमिकताका साथ सहयोग गरिरहेको र गरिरहने बताउदै जेएस मुरारका क्याम्पसलाई यहा सम्म पुर्याउन अतुल्य योगदान दिनुहुने संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु लाई शुभकामना तथा धन्यवाद ज्ञापन समेत गरे।  

लहान क्याम्पसको २२ कोठे भवन र नव निर्मित प्रमेश्वर मुरारका विज्ञान प्रयोगशाला भवन निर्माणमा दुई करोड भन्दा बढी लगानी गरेका दाता मुरारका परिवारका मानार्थ अध्यक्ष मुरारी मुरारका लगायत मुरारका परिवारका पशुपति मुरारका,शालिनी मुरारकाले यस कयाम्पसको विकासको लागि अझै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउदै लहान राउ स्मारक अस्पतालको अवस्था र व्यवस्था बारे चर्चा गर्दै चिन्ता व्यक्त गर्नुका साथै मुख्यमन्त्री लाई अस्पतालको अवस्था र व्यवस्थामा चासो लिन ध्यान आकर्षण गराए। 

यसै बीच क्याम्पस तुलसी राम पोखरेलले २०४४ मा स्थापित यस क्याम्पसको गतिविधि र आगामी योजनाहरु प्रस्तुत गर्दै सामुदायिक क्याम्पसमा लहान क्याम्पस उत्कृष्ट हुनु र विश्व विद्यालय अनुदानबाट गुणसतरीय चिन्ह क्यु ए ए प्राप्त गरेर विश्वविद्यालय संचालनको लागि बाटो खुलेको जानकारी दिनुभयो। संचालन समितिका अध्यक्ष राम सुन्दर चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसको भौतिक र शैक्षिक विकासका लागि सामाजिक उतर्दायित्व निर्वाह गर्दै आइरहेका सिद्धार्थ बैंक लिमिटेड प्रदेश २ प्रमुख हरि प्रसाद तिमल्सिना र लहान शाखाका प्रवन्धक राम प्रमोद यादवले संयुक्त रुपमा क्याम्पसलाई एक लाखको चेक हस्तान्तर्ण गरेका छन्। कार्यक्रममा मिथिलाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.