शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्याब्सनको ८ औ वार्षिक साधारण सभा सम्पन्न
माघ ४, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान माघ ४ - 
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सिरहाको ८ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पूूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका अन्तर्गत रहेका प्याब्सनको सचिवालय भवनमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्याब्सन सिरहाका अध्यक्ष लाल बाबु रायको अध्यक्षता रहेको साधारण सभा उद्घाटन समारोहमा प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष ईश्वर गुरुङ, राष्टिय परीक्षा बोर्ड कार्यलय लहानका प्रमुख पुष्कल खनाल ,शिक्षा विकास तथा समन्वय ईकाई सिरहा प्रमुख विजय कुमार मण्डल ,  प्याब्सनका केन्द्रीय महासचिव आर बि कटुवाल, प्याब्सन प्रदेश २ प्रमुख मुरारी प्रसाद साह लगायत अतिथिहरुमा पुष्प लाल स्मृति प्रतिष्ठान संयोजक तथा नेकपाका युवा नेता सत्य नारायण यादव,  प्याब्सनका केन्द्रीय सदस्य विष्णु न्यौपाने, श्याम सुन्दर साह , एन  प्याब्सनका जिल्ला अध्यक्ष प्रदिप तिवारी, सल्लाहकार राकेश झा,प्रदेश सल्लाहकार शंकर प्रसाद गुप्ता,नेपाली कांग्रेसका युवा नेता राम गणेश दास लगायत संचारकर्मी ,प्याब्सनमा आवद्ध विद्यालयका संस्थापकहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने शिक्षासम्बन्धी ऐन संशोधन विधेयकको विरोध गर्दै निजी तथा आवासीय विद्यालयमा अध्यन गर्ने विद्यार्थीले पनि छात्रवृत्तिको अवसर पाउनु पर्ने नेपाल सरकारसंग जोडदार मांग गरेका छन्। यो विधेयक प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार सर्वसम्मत रूपमा पारित गरेको छ। मुलुक संघीय संरचनामा गएपछि जारी संविधानको प्रतिकूल हुने व्यवस्था हटाउन ऐन संशोधन गर्न लागिएको हो। विधेयकमा मूलतः विश्वविद्यालय शिक्षाका प्रावधान समेटिएका छन्।अब साधारण परिवारसहित दलित, जनजाति, अल्पसंख्यक हरेक वर्गका नागरिक सरकारीमा नपढे छात्रवृत्तिका लागि योग्य हुनेछैनन् भन्ने विधेयक नेपाल सरकारले ल्याएको प्रति निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) ले खेद प्रकट गर्दै विभेदकारी शिक्षासम्बन्धी ऐन संशोधन नगरीए आन्दोलनमा जाने उपस्थित पदाधिकारीहरुले चेतावनी दिदै माइती घरमा यस्ता  विधेयक जलाउने समेत बताएका छन्।

प्याब्सनका सचिव उमेश यादवले सञ्चालन रहेको उद्घाटन समारोहमा सिरहा प्याब्सनका वरिष्ठ उपाध्यक्ष उमेश चौधरीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई फुलमाला,गमछा र मायाको चिनोले सम्मान गरिएको थियो।उद्घाटन समारोह सम्पन्न भए पश्चात भएको बन्दशत्रमा प्याब्सनको वार्षिक कार्यक्रम बारे छलफल भएको थियो । साधारण सभामा जिल्लाभरका १६५ निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको उपस्थिती रहेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष उमेश चौधरीले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.