शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल
माघ ९, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ ९ -
क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम भेला विहिवार सम्पन्न भएको छ । “सामाजिक न्याय, सुशासन र समावेशी लोकतन्त्र ः स्वस्थ, व्यवसायिक र मर्यादित पत्रकारिता हाम्रो मूल मन्त्र ” भन्ने नाराका साथ महोत्तरी स्थित बर्दिवास नगरपालिकाको सभाहलमा भेला सम्पन्न भएको हो । सप्तरीका वरिष्ठ पत्रकार महेन्द्र सदाको अध्यक्षता तथा क्रियाशी दलित पत्रकार संघकी केन्द्रीय अध्यक्ष एवं नागरीक दैनिकमा कार्यरत पत्रकार पवित्रा सुनारको प्रमुख आतिथ्यतामा भएको भेलाले प्रदेश २ को अध्यक्षमा नयाँ पत्रिका राष्ट्रिय दैनिकका सिराहा संवाददाता एवं प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार मणिलाल विश्वकर्मालाई चयन गरेको छ । त्यस्तै समितिकोे उपाध्यक्षमा महेन्द्र सदा (सप्तरी), महासचिवमा सोम दियाली (सर्लाही), सचिवमा आशिष विश्वकर्मा (सिरहा), कोषाध्यक्षमा शान्ता रिमाल (सर्लाही) चयन भएका छन । भेलाले सदस्यहरुमा रामप्रवेश बैठा (रौतहट), रामएकल महरा (धनुषा), मञ्जित राम (महोत्तरी), आशा तोलाङ्गे (महोत्तरी), उमेश विश्वकर्मा (सर्लाही), सुर्यनारायण विश्वकर्मा(पर्सा), राजनारायण राम (बारा), प्रदीप दास (रौतहट), सञ्जय विश्वकर्मा (सिरहा) लाई चयन गरेको समितिका महासचिव सोम दियालीले जानकारी दिए । 

भेलालाई सम्वोधन गर्दै संघकी केन्द्रीय अध्यक्ष सुनारले दलित समुदायका व्यवसायिक पत्रकार एक भएर जातीय छुवाछुतको अन्त्य, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता सम्बोधनमा गहिरो रिर्पोटिङ गर्ने बताइन । भेलामा प्रदेश २ समीतिका अध्यक्ष मणिलाल विश्वकर्माले दलित समुदायको मुद्दामाथि बहस, छलफल गरेर दलित पत्रकारहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने बताए । भेलामा नेकपाको जिल्ला कमीटि सदस्य तथा अभियान्ता मीन रहपाल, बर्दिबास नगरपालिकाका न्याययिक समीति सदस्य चन्द्र विश्वकर्मा, प्रेस संगठन नेपाल महोत्तरी जिल्ला कमीटि अध्यक्ष राजकरण महतो लगायतले दलित पत्रकारहरुले दलितका मुद्धाहरुमा एक भएर आवाज उठाउनु पर्नेमा जोड दिँदै नवगठित प्रदेश समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका महासचिव दियालीले जानकारी दिए । भेलामा प्रदेश २ का विभिन्न संचारगृहमा कार्यरत दलित पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.