शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर
माघ १०, २०७६ | फिरोज शेख

शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ १० -
समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल प्रहरीमा खबर गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बिद्यार्थी संग आग्रह गरेका छन् ।समग्र समग्र जनउत्थान केन्द्र लहान सिरहाले सहज परियोजना अन्तर्रगत आयोजना गरेको लैंगिक हिंसा तथा लागुऔषध सम्बन्धी विद्यार्थीहरु संगको अन्तरक्रिया कार्यक्रममा यस्तो कुरो बताउनु भएकोहो। सिरहाको सिरहा नगरपालिका १७ सीमावर्ती क्षेत्र माड़र स्थित रहेको सामुदायिक बिद्यालय ब्रजमोहन झब्बूराम जनता माध्यमिक विद्यालयमा बिद्यार्थी भएको लैंगिक हिंसा तथा लागुऔषध विषयक अन्तरक्रियमा विधार्थी संग आग्रह गरेका हुन । मन्तव्य राख्ने क्रममा विशेष गरी लागुऔषधको कुलतमा नलाग्न र  मधेशमा भैरहेको बालविबाह , दहेज प्रथा जस्ता अन्य विकृति लाई सबैले मिलेर रोकथाम गर्नु जरुरी रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।

समाजमा विकराल रुपमा रहेका लागुऔषधको समस्याले युवा पीढ़ीको भविष्य धरापमा गइरहेको छ ।  यस्ता समस्यालाई  न्यूनीकरण गर्नका लागि यस कार्यक्रममा कक्षा ९,१०,११ र १२ विद्यालय पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी समाजको विकृति हटाउन सहयोग हुने उद्देश्यले विद्यालय सम्पर्क कार्यक्रम आयोजना गरिएको सिरहा युथ नेपालकी अध्यक्ष  शशि मित्रा ऋषि माझी मुसहरले जानकारी दिनु भयो । अध्यक्ष शशिका अनुसार सहज परियोजना कार्यक्रम अन्तर्रगत सामुदाय प्रहरी-साझेदारी कार्यक्रमको उद्देश्य प्राप्तिका लागि स्थानीय युवा क्लबको संयोजनमा समग्र जनउत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी , सिरहा नगरपालिका १७ नम्बरका वड़ा अध्यक्ष महेन्द्र प्रसाद मगरदैता यादव , जिल्ला प्रहरी  कार्यालय सिरहा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज प्रहरी निरिक्षक  बेचन यादव ,बीओपी ब्यारेक माडर खैरटोकाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक  शंकर लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.