शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेकपा अध्यक्ष प्रचण्ड द्वारा दोस्रो झण्डा महोत्सवको उद्घाटन
माघ २३, २०७६ | फिरोज शेख

फिरोज शेख/शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २३ - 
" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल नाराका साथ सखुावानन्कारकट्टीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनका लागि सखुवानन्कारकट्टी गाँउपालिकाले आयोजना गरेको दोस्रो झण्डा महोत्सव २०७६ को उद्घाटन  नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्ड गर्नु भएको छ।  महोत्सव मूल आयोजक समितिका संयोजक तथा सखुवानन्कारकट्टी गाँउपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षता तथा पूर्व प्रधानमन्त्रि प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै उहाँले भन्नु भयो " मधेससँगको मेरो प्रेम कहिले टुट्न दिन् ,मधेश आएपछि माइती घर आएको जस्तो लाग्ने गरेको बताउदै मधेसमा सिंचाईको प्रमुख समस्या रहेको हुँदा कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने, हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको उनले बताए। उनले आफ्ना लागि सिरहा चिरपरिचित जिल्ला भएको र दास्रोे संविधानसभा निर्वाचनमा आफू सिराहा जिल्लाबाट विजयी भएको उपस्थित हजारौ जनसमुदाय लाई धन्यावाद ज्ञापन गर्दै स्मरण गराए।

अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्दै आवश्यकता अनुरुप संविधान संशोधन  गर्दै लैजाने संविधानले नै व्यवस्था गरेको हुँदा कसैको भ्रममा नपर्न आग्रह गरे। सखुवानन्कारकट्टी गाउँपालिकाको सन्दर्भमा उहाले यस गाउँपालिकामा देखिएको  शिक्षा,स्वास्थ्य र कृषिको समस्यालाई समाधान गर्न अहिले देखिनै लागि परेको प्रतिवद्धता जनाए। समारोहमा नेकपा नेता मातृका प्रसाद यादब, समाजवादी पार्टीकी नेतृ सरिता गिरी,पुर्व मन्त्रि रामचन्द्र यादव , प्रदेश सभा सदस्य अशोक कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए,भने वडाध्यक्ष महेन्द्र प्रसाद यादबले स्वागत मन्तव्य राखेका थिए। उद्घाटन समारोहमा नेकपा,नेपालि काँग्रेस,समाजवादी ,राजपा लगायत राजनीतिक विभिन्न दलका निर्वाचित तथा प्रतिनिधि नेताहरु,नेपाल सरकारका प्रसाशनिक कर्मचारी,शुरक्षा निकायका पदाधिकारी, संचारकर्मी ,नागरिक समाज,बुद्धिजी लगायत हजारौ सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो। 

कृषि औजार तथा उपकरणहरु,विभिन्न उपभोग्य सामानहरु,लताकपडा,घरायसी तथा दैनिक प्रयोजनका विविध सामग्रीहरुको व्यपार,व्यवसाय तथा प्रदर्शनी ,परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्रय पर्यटन भित्राउनका लागि माघ २३ गते देखि फाल्गुन ३ गते सम्म दोस्रो झण्डा महोत्सव  २०७६ को आयोजना गरिएको मूल आयोजक समितिका संयोजक तथा सखुवानन्कारकट्टी गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.