शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
माघ २४, २०७६ | फिरोज शेख

फिरोज शेख /शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २४ - 
सिरहाको लहानमा अवस्थित मालपोत कार्यलयमा नेपाल बैंक लिमिटेडले एक कार्यक्रमका बीच  एक्सटेन्सन काउन्टरको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। मालपोतमा जग्गा खरिद बिक्रि गर्न आउने सेवाग्राहीहरु लाई थप सेवा सुविधा पुर्याउने उदेश्यले एक्सटेन्सन काउन्टरको स्थापना गरिएको नेपाल बैंक लिमिटेड लहान शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले स्वागत मन्तव्य राख्दै यस्तो बताउनु भयो। नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय प्रदेश २ प्रमुख प्रतिभा डंगोलको अध्यक्षता तथा नेपाल बैंक लिमिटेड सीईओ कार्यलयका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा लहान मालपोत कार्यलयका प्रमुख हरि नारायण चौधरी,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरद कुमार थापा क्षेत्री,सशत्र प्रहरी बलका डिएसपी अर्जुन सापकोटा,जिल्ला ट्राफिक कार्यलयका अर्जुन पौडेल,नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड लहान शाखा प्रमुख नागेन्द्र साह,आन्तरिक राजस्व कार्यलय लाहानका कर अधिकृत बलराम दाहाल,नेपाल लेखापढी कानुन व्यवसाइ संघ लहान ईकायका अध्यक्ष महेश्वर चौधरी, नेपाल लेखापढी कानुन व्यवसाइ संघ लहानका वरिष्ठ अध्यक्ष गुरुदेव यादव,संचारकर्मी रविन्द्र श्रेष्ठ र फिरोज शेख लगायत कर्मचारी,वुद्धिजीवी,नागरिकसामाज लागायतको उपस्तिथी रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट शुभकामना मन्तव्य राख्दै होम बहादुर खड्काले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी एक्सटेन्सन काउन्टर स्थापना गरिएको जानकारी दिनुभयो। सर्वसाधारणहरु मालपोतमा जग्गा खरिद बिक्रि गर्न आउँदा राजस्व तिर्न,नगद डिपोजिट गर्न,चेक क्लियरेन्स गर्न निकै सास्ती भाग्ने गरेको र लाइनमा लाग्ने झन्झट र शुरक्षाको संवेदनशीलता लाई ध्यानमा राखी सेवाग्राहीहरुको सुविधाका लागि मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर राखिएको प्रष्ट्याउनु भयो।
यसै बीच कार्यक्रमको अध्यक्षता गर्नु भएकी प्रतिभा डंगोलले मालपोत कार्यलयमा आउनुहुने सेवाग्राहीहरु तथा मालपोत कार्यालय लहान लाई तिर्नुपर्ने राजस्व, पुँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुरलगायतको रकम जम्मा गर्न,खाता खोल्न ,डिपोजिट गर्न ,पैसा निकाल्न सजिलो हुने बताउदै सेवाग्राहीलाई कुनै पनि कर्मचारीले स्वच्छ र सफा सेवा नदिए तुरुन्त लहान शाखामा जानकारी गराउन हुन् अनुरोध समेत गर्नुभयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.