शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो
माघ २५, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २५ - 
" गुणस्तरीय उत्पादन,मर्यादित व्यपार ,नीति निर्माणमा पहुँच सांगठनिक आधार " भन्ने मूल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो वार्षिक साधरण सभा सिरहाको लहानमा सम्पन्न भएको छ। पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिरहा शाखाको व्यवस्थापनमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय उपाध्यक्ष राजलाल गुप्ताले शैक्षिक क्षेत्रमा भइरहेको अव्यवस्थित पाठ्यपुस्तक बिक्री प्रणालीलाई अन्त्य गर्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ लागी परेको बताउनु भयो। व्यवसायीहरुको एकता बिना माग अनुसारको पुस्तक पुरा गर्न नसकिने भएकोले आपसमा समन्वय गरी व्यवसाय गर्न उपस्थित समुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायी लाई आग्रह गर्नु भयो।  संस्थागत सुधार तथा सदस्यता बृद्धि गर्ने, विद्यालयहरुमा पाठ्य सामाग्री समयमा नै उपलब्ध गराउन पहल गर्ने, शैक्षिक सत्रमा विद्यालय भित्र आवश्यक पाठ्यपुस्तकहरु सामुहिक रुपमा बिक्रि बितरणमा पहल गर्ने महासंघको अगामी योजना रहेको उल्लेख गर्नु भयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश २ को आठ वटै जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरु , संघमा आवद्ध पदाधिकारी,प्याब्शन तथा एन प्याब्शनका पधाधिकारी,संचारकर्मीहरु लगायतले  सुभकामना मन्तव्य राख्दै पुस्तक तथा स्टेशनरी व्यवसायीले  सम्पूर्ण पाठ्यपुस्तकहरुमा अंकित मूल्यमा विक्री वितरण गर्न र  प्रतिस्पर्धा नगरि  पाठयपुस्तको मूल्यमा एकरुपता हुनुपर्ने कुरा बताएका थिए। बजारमा अस्वस्थ प्रतिस्पर्धाको कारणले पाठयपुस्तक विक्री वितरणमा समस्या आएकोले मूल्यमा एकरुपता कायम गर्न संगठनलाई पहल गर्न सुझाईएका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.