शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पतालले बन्द गरेका सबै सेवा सुरु
माघ २७, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २७ - 
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार भएको घटनालाई लिएर बन्द गरिएको आकस्मिक बाहेकका सबै सेवा अस्पतालले आइतबार साँझ ६ बजे देखि पुनः सुचारु गरेका छन्। आइतबार विहान देखि ओपीडी सेवा बन्द भएपछि गाउँगाउँबाट उपचार गराउन पुगेका बिरामीहरु सेवा नपाउदा फर्केका थिए। घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न अस्पतालले माग राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए। शनिबार साँझ 'अन कल डियुटी' मा रहेका चिकित्सकमाथि सिरहा क्षेत्र नम्बर १ 'ख' नेकपाका प्रदेशसभा सदस्य अशोक यादवसँगैका आएका व्यक्तिले दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट सुनिल प्रसाद कुशवाहाको आरोप छ। 

डाक्टर कुशवाहाले पत्रकार सम्मेलनमा अस्पतालमा कार्यरत रहेका चिकित्सकमाथि गालीगलौज गरी दुव्र्यवहार गरेको बताए । घटनाबारे छानबीन गरी दोषीमाथि कारवाही गरिनुपर्ने उनले माग गरे । अस्पतालको सीसी टिभी रेकर्डमा चिकित्सकमाथि दुव्र्यवहार भएको देखिएको उनले सुनाए।  शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेका सांसद यादव अस्पताल पुगेका थिए। तत्कालै उपचार गर्न चिकित्सक नदेखेपछि इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीलाई फोन गरी आफूले डाक्टर अस्पताल पठाउन आग्रह गरेको सांसद यादवको भनाइ छ । 'उपचार गर्न प्रमुख डाक्टर कुशवाहा आफू आएन । अरुलाई पठाएको थियो, 'उनले भने, 'उपचारमा कठिनाइ हुँदा म सँगै गएका साथीहरु आक्रोशित भएकै हुन्।' अस्पतालमा डाक्टर कुशवाहाले गुण्डा पालेर राजनीति गर्न खोजेको सांसद यादवले आरोप लगाए।
हिजो साँझ ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराज भण्डारी , ईलाका  प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्री र सस्त्र प्रहरी बल बेसक्याम्पका डिएसपी अर्जुन सापकोटा लगायत डाक्टरहरुको उपस्तिथिमा बसेको बैठकले घटनाको निस्पक्ष छानबिन गरि दोषी उपर कारवाही,कर्मचारी दरबन्दीका समस्या बारे पहल गर्ने लगायतका निर्णय भएपछि आइतबार साँझ ६ बजे बाट बन्द गरिएको आकस्मिक बाहेकका सबै सेवा सुचारु गरिएको  डाक्टर कुशवाहाले बताए। यता, दुव्र्यवहार भएको भनिएका डाक्टर दिपेन्द्र ठाकुरले घटनाबारे केही नबोल्ने बताए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.