संजय विश्वकर्मा लहान २४, चैत्र । कोरोना भगाऊ , संसार बचाउँ भन्ने मुल नाराको साथ सिरहाको सुखिपुर नगरपालिकामा तिन दिने नगर महोत्सव हुने भएको छ । सुखिपुर नगरपालिकामा स्थापना भएको अबसरमा प्रत्येक बर्ष मनाउदै आएको महोत्सब यसपालि अर्कै तरिकाले मनाउने निर्णय गरेको नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादबले जानकारी दिनुभयो । चैत्र २७ गते देखि २९ गते सम्म तिन दिन दिप प्रज्वलन गरी महोत्सब मनाउने निर्णय गरेको अध्यक्ष यादबले बताए । सरकारको लकडाउनको निर्णय पालना गर्न आग्रह गर्दै कोरोनालाई पराजित गर्न नगरबासीहरु एकता प्रतिकको रुपमा आ –आफनो घरमा दिप प्रज्वलन गरी महोत्सब मनाउने निर्णय गरेको उनले बताए । ज्यानको जोखीम मोल लिई दिनरात खटेका स्वास्थ्यकर्मी , प्रहरी , प्रशासन , संचारकर्मीको सम्मानमा पनी दिप प्रज्वलन गर्ने निर्णय गरेको उनले बताए ।